आइतबार, वैशाख २०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • माछापुच्छ्रे बैंकको २७औँ वार्षिक साधारणसभा सम्पन्न

माछापुच्छ्रे बैंकको २७औँ वार्षिक साधारणसभा सम्पन्न

 |  शनिबार, असोज ११, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, असोज ११, २०८२

National life

काठमाडौं-माछापुच्छ्रे बैंक लिमिटेडको २७औँं वार्षिक साधारणसभा शुक्रबार होटल पोखरा ग्रान्ड, पोखरामा सम्पन्न भएको छ। साधारण सभाले बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८१/८२ को खुद मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश (करसहित) वितरण गर प्रस्ताव पारित गरेको छ। यसमध्ये, चुक्ता पुँजीको ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर गरी जम्मा ८ प्रतिशत (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको हो।

माछापुच्छ्रे बैंक चालू आर्थिक वर्षमा वार्षिक साधारणसभा सम्पन्न गर्ने र लाभांश वितरण गर्ने पहिलो बैंक बन्न सफल भएको छ। बैंकले उक्त नगद लाभांश दशैँअगाडि नै सम्बन्धित सेयरधनीको खातामा पठाइसक्ने छ । बोनस शेयर वितरण पश्चात बैंकको कुल चुक्ता पुँजी १२ अर्ब ८ करोड पुग्नेछ। बैंकले गत आर्थिक वर्षमा १ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १६ रुपैयाँ २१ पैसा कायम गरेको थियो। 

होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न उक्त साधारण सभामा संस्थापक एंव साधारण शेयरधनीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

प्रकाशित: Sep 27, 2025| 09:57 शनिबार, असोज ११, २०८२
प्रतिक्रिया दिनुहोस्