काठमाडौं-ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहकहरूलाई आफ्नो वित्तीय लक्ष्य निर्धारण गरी सोहीअनुसार बचत गर्न सघाउने उद्देश्यले 'गोल बेस्ड सेभिङ' (लक्ष्यमा आधारित बचत)योजना ल्याएको छ।यस योजनामार्फत बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले भविष्यका आवश्यकताहरूका लागि सहजै बचत योजना बनाउन र व्यवस्थापन गर्न सक्नेछन्।
यस योजनाअन्तर्गत ग्राहकहरूले न्यूनतम ५० हजार रुपैयाँदेखि अधिकतम पाँच लाख रुपैयाँसम्मको बचत लक्ष्य निर्धारण गर्न सक्नेछन्। यसका लागि ६ महिनादेखि २ वर्षसम्मको समयावधि छनोट गर्ने सुविधा उपलब्ध छ।ग्राहकले आफ्नो बचत लक्ष्य र समयावधि छानेपछि प्रणालीले मासिक रूपमा कति बचत गर्नुपर्छ, कति ब्याजदर पाइन्छ र लक्ष्य पूरा हुन कति समय लाग्छ भन्ने कुराको स्वतः गणना गरिदिन्छ।यो सबै जानकारी मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत हेर्न सकिन्छ। आवश्यक परेमा ग्राहकले शाखामा नगई मोबाइल बैंकिङबाटै आफ्नो बचत लक्ष्य तोड्न पनि सक्नेछन्।बचतकर्ताले आफ्नो बचत खाताबाट मासिक रूपमा तोकिएको रकम स्वतः काटिने वा आफूले चाहेको मितिमा म्यानुअल रूपमा जम्मा गर्ने विकल्प रोज्न सक्छन्।
'राउन्ड-अप सेभिङ' को विशेष सुविधा
यस योजनाको सबैभन्दा आकर्षक विशेषता 'राउन्ड-अप सेभिङ' हो। यसअन्तर्गत ग्राहकले मर्चेन्ट क्यूआर मार्फत भुक्तानी गर्दा निस्कने खुद्रा पैसालाई आफ्नो लक्ष्यमा आधारित बचत खातामा जम्मा गर्न सक्छन्।
१. नजिकको दुईस् यसमा ग्राहकले भुक्तानी रकमलाई कुन नजिकको अंकमा राउन्ड(अप गर्ने हो सो निर्धारण गर्न सक्छन्। उदाहरणका लागि, यदि दुई सय २४ रुपैयाँ भुक्तानी गर्दा २५ मा राउन्ड(अप सेट गरिएको छ भने रु। १ बचत हुन्छ, र ३० मा सेट गरिएको छ भने रु। ६ बचत हुन्छ।
२. निश्चित रकमस् यसमा हरेक क्यूआर भुक्तानीमा एक निश्चित रकम बचत हुन्छ। जस्तै, यदि रु। १०० सेट गरिएको छ भने हरेक भुक्तानीमा सय रुपैयाँ बचत खातामा जम्मा हुन्छ।
३. प्रतिशतस् यसमा हरेक क्यूआर भुक्तानीको एक निश्चित प्रतिशत रकम बचत हुन्छ। जस्तै, १० प्रतिशत सेट गर्दा दुई सय रुपैयाँको भुक्तानीमा रु। २० बचत हुन्छ।
उत्कृष्टताको पहिचान
ग्लोबल आइएमई बैंकले ‘ग्लोबल फाइनान्स बेस्ट बैंक अवार्ड २०२४ र २०२५’ तथा ‘युरोमनी अवार्ड फर एक्सिलेन्स २०२४’ बाट दुई विधामा नेपालको उत्कृष्ट बैंकको रूपमा सम्मान प्राप्त गरिसकेको छ।७७ वटै जिल्लामा शाखा सञ्जाल भएको ग्लोबल आइएमई बैंक नेपालको पहिलो निजी वाणिज्य बैंक हो। बैंकले ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, र ३ विदेशी प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ।
साथै, बैंकले संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका देशहरूबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आएको छ।