आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गन्नीगाडमा एक मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुने

गन्नीगाडमा एक मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुने

 |  बिहीबार, असोज ९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ९, २०८२

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकामा  गन्नीगाड साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ। 

डिलाशैनी –१ र २ मा रहेको गन्नीगाड खोलको पानी सदुपयोग गर्ने कञ्चन ऊर्जा प्रालिले उक्त आयोजना निर्माण गर्ने भएको हो। एक मेगावाट क्षमता उक्त आयोजनाको  हालै शिलान्यास गरिएको छ। सो अवसरमा प्रवद्र्धक कम्पनी अध्यक्ष अनिश गौतम, स्थानीय जनप्रतिनिधि जनकुमार घरडी र इञ्जीनीयर डा कृष्णप्रसाद दुलालको उपस्थिति रहेको थियो। 

कञ्चन ऊर्जा प्रालि र नेपाल विद्युत् प्राधिकरणवी २०८० मंसिर १९ गते आयोजनाको विद्युत खरीदबिक्री सम्झौता भइसकेको अध्यक्ष गौतमले बताए। 

उनका अनुसार अबको एक वर्ष ६ महिनापछि विद्युत् उत्पादन गरिसक्ने लक्ष्यसहित दसैंपछि आयोजना निर्माण धमाधम गरिने छ।  

आयोजनाले उत्पादनको गरेको विद्युत बलाँच सवस्टेशनमार्फत राष्ट्रिय प्रणालीमा जोडिने कम्पनीका प्रतिनिधि दीपेन्द्रबहादुर रानाले बताए। आयोजनामा लगानी गर्न इच्छुक स्थानीय प्रभावित तथा जिल्लावासीका लागिसमेत लगानीको अवसर प्रदान गरिने जनाएको छ।

प्रकाशित: Sep 25, 2025| 16:38 बिहीबार, असोज ९, २०८२
प्रतिक्रिया दिनुहोस्