बुधबार, असार १०, २०८३

अलैंचीको निर्यात ४४ प्रतिशतले बढ्यो

 |  बिहीबार, असोज ९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ९, २०८२

झापा- मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा अलैँची निर्यात ४३ दशमलव ९० प्रतिशतले बढेको छ।

National life

कार्यालयको तथ्यांकअनुसार उक्त अवधिमा ८५ करोड ९६ लाख ११ हजार बराबरको अलैँची निर्यात भएको हो।

गत दुई महिनाको अवधिमा ५२२ मेट्रिकटन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए। आव २०८१/८२ को पहिलो दुई महिनाको अवधिमा ५९ करोड ७३ लाख ५२ हजार बराबरको अलैँची निर्यात भएको उनले बताए।

कार्यालयको तथ्यांकअनुसार चालु आवको दुई महिनामा चियाको निर्यात ३४ प्रतिशतले घटेको छ। उक्त अवधिमा ७५ करोड तीन लाख ४८ हजार बराबरको चिया निर्यात भएको छ। सूचना अधिकारी हुमागाईंका अनुसार आव २०८१/८२ को सोही अवधिमा एक अर्ब १३ करोड ७४ लाख आठ हजार बराबरको चिया निर्यात भएको छ।

भन्सार कार्यालयको तथ्यांकअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा छुर्पी ९८ दशमलव ३० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी १५५ दशमलव २० प्रतिशत, भेनियर सिट ७४ प्रतिशत, मुसुरो दाल ६५५ दशमलव १० प्रतिशतले वृद्धि भएको छ।

Shivam cement

यसैगरी फलामे पाता ९३ दशमलव ४० प्रतिशत, अदुवा ४१ दशमलव ८० प्रतिशत र अम्रिसो ३० दशमलव १० प्रतिशतले कमी आएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।

 

मेची भन्सारबाट चालु आवको दुई महिनामा तीन अर्ब छ करोड ३७ लाख ३९ हजारको मालवस्तु निर्यात भएको छ ।

प्रकाशित: Sep 25, 2025| 07:51 बिहीबार, असोज ९, २०८२
प्रतिक्रिया दिनुहोस्