शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • मुलुकको स्वार्थ रक्षाका लागि प्रतिबद्ध छु : अर्थमन्त्री खनाल

मुलुकको स्वार्थ रक्षाका लागि प्रतिबद्ध छु : अर्थमन्त्री खनाल

 |  बुधबार, असोज ८, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असोज ८, २०८२

विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले मुलुकको स्वार्थ रक्षा गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्। मोरङ उद्योग व्यापार सङ्घ विरानगरमा आज आयोजित कार्यक्रममा उहाँले मुलुकको सर्वोपरी हितका निम्ति आफूले काम गरेर प्रमाणित गर्ने प्रतिबद्धता जनाए।

National life

भ्रष्टाचार न्यूनीकरण गर्नका लागि निजी क्षेत्रले पनि सहयोगीको भूमिका निर्वाह गरेको उल्लेख गर्दै अर्थमन्त्री खनालले निजी क्षेत्रकै सल्लाह र सुझावबाट स्वकीयसहित अन्य कर्मचारीलाई हटाउने सरकारले निर्णय गरेको जानकारी दिए।

अर्थमन्त्री खनालले निजी क्षेत्रले नाफा आर्जनसँगै राष्ट्रिय हितमा पनि उभिनुपर्ने बताउँदै दीर्घकालीन परिवर्तनका निम्ति आफूले दत्तचित भएर काम गर्ने विश्वास दिलाए।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले आयातनिर्यात हुने वस्तुको मूल्याङ्कन वैज्ञानिक प्रणालीबाट हुनुपर्ने धारणा राखे। अर्थमन्त्री खनालले मुलुकको आर्थिक गतिविधिलाई क्रियाशील बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै उहाँले उच्चस्तरीय आर्थिक सुधार आयोगबाट आएका सुझावलाई कार्यान्वयन गर्न आग्रह गरे।

सङ्घका अध्यक्ष अनुपम राठीले उद्योगी र व्यापारीहरूको लिखित सुझाव मन्त्री खनाललाई प्रदान गरे।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 24, 2025| 20:50 बुधबार, असोज ८, २०८२
प्रतिक्रिया दिनुहोस्