मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • वीरगञ्ज नाका हुँदै दुई महिनामा ७ अर्बका सवारीसाधन भित्रिए

वीरगञ्ज नाका हुँदै दुई महिनामा ७ अर्बका सवारीसाधन भित्रिए

 |  बुधबार, असोज ८, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असोज ८, २०८२

पर्सा- चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट रु सात अर्ब १६ लाख मूल्यबराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन्।

National life

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा उक्त नाकाबाट रु एक अर्ब ७५ करोड बढी मूल्यका सवारीसाधन र त्यसमा प्रयोग हुने पार्टपुर्जा आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। कार्यालयका अनुसार गत आवको उक्त अवधिमा रु पाँच अर्ब २५ करोडका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका थिए।

कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको दुई महिनामा यो नाका हुँदै सवारीसाधनको आयात उत्साहजनक भएको बताए। “गत आवको दुई महिनाको तुलनामा चालु आवको सोही अवधिमा सवारीसाधनको आयातबाट प्राप्त हुने राजस्वमा समेत वृद्धि भएको छ।”

गत आवको दुई महिनामा सवारीसाधनको आयातबाट रु चार अर्ब ४७ करोड ७६ लाख राजस्व संकलन भएको थियो भने चालु आवको दुई महिनामा सवारीसाधनको आयातबाट रु छ अर्ब १३ करोड ९२ लाख राजस्व संकलन भएको छ।

चालु आवको दुई महिनामा रु ४३ करोड ५२ लाख मूल्यका एक सय ७८ वटा जीप, कार र भ्यान आयात भएका छन्। जबकि गत आवको सोही अवधिमा रु ५१ करोड ६२ लाख मूल्यका दुई सय ९५ वटा जीप, कार र भ्यान आयात भएको थियो।

Laxmi sunrise bank
kumari

चालु आवको दुई महिनामा रु दुई अर्ब ७९ करोडका २० हजार ६२० थान अनएसेम्वल्ड मोटरसाइकल आयात भएको छ। जबकि गत आवको सोही अवधिमा रु एक अर्ब ८५ करोड मूल्यका १४ हजार ७६६ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएको छ। चालु आवको दुई महिनामा रु ६६ करोड ४३ लाख मूल्यका तीन सय १८ वटा अन्य बस ट्रकका चेसिस आयात भएको कार्यालयको भनाइ छ।

प्रकाशित: Sep 24, 2025| 08:29 बुधबार, असोज ८, २०८२
प्रतिक्रिया दिनुहोस्