शुक्रबार, असोज ३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • प्रहरी वृत्त दरबारमार्गको भवन मर्मतमा महालक्ष्मी विकास बैंकको सहयोग

प्रहरी वृत्त दरबारमार्गको भवन मर्मतमा महालक्ष्मी विकास बैंकको सहयोग

 |  शुक्रबार, असोज ३, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३, २०८२
Kumaribank
Metro Mart

काठमाडौं-महालक्ष्मी विकास बैंकले आन्दोलनका क्रममा क्षतिग्रस्त भएको प्रहरी वृत्त दरबारमार्गको कार्यालय भवन पुनर्निर्माण तथा मर्मत सम्भारका लागि आर्थिक सहयोग गरेको छ।

आगलागी र तोडफोडका कारण प्रशासनिक कार्य सञ्चालनमा कठिनाइ भएको प्रहरी वृत्त दरबारमार्गलाई तत्काल प्रयोगयोग्य बनाउन सहयोग गरिएको बैंकले जनाएको छ। यसबाट पुनर्निर्माण कार्य चाँडै सम्पन्न हुने र भवन पूर्ववत् अवस्थामा फर्किने विश्वास बैंकले व्यक्त गरेको छ।

बैंकका अनुसार हाल यसको सम्पूर्ण सेवा पूर्ण रुपमा सञ्चालनमा छन्। डिजिटल बैंकिङ सेवा सुरक्षित र व्यवस्थित रूपमा चलिरहेको र लेकसाइड शाखा बाहेक १०२ शाखामार्फत ग्राहकलाई गुणस्तरीय वित्तीय सेवा प्रदान भइरहेको जनाएको छ।
 

प्रकाशित: Sep 19, 2025| 16:38 शुक्रबार, असोज ३, २०८२
प्रतिक्रिया दिनुहोस्