बिहीबार, पुस १७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • शिवम् सिमेन्टले गर्यो काठमाडौं जिल्ला प्रशासन कार्यालय सरसफाइमा सहयोग

शिवम् सिमेन्टले गर्यो काठमाडौं जिल्ला प्रशासन कार्यालय सरसफाइमा सहयोग

 |  बुधबार, असोज १, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असोज १, २०८२

काठमाडौं-हालैको जेनजी आन्दोलनपछिको आगजनी र तोडफोडका कारण आएको अवस्था व्यवस्थापनका लागि शिवम् सिमेन्टले सरसफाइ अभियान सुरु गरेको छ।

National life

कम्पनीले आज जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग समन्वय गर्दै कार्यालय परिसर सरसफाइ गरेको छ। साथै दैनिक कार्य सञ्चालन सहज बनाउन आवश्यक फर्निचरसमेत हस्तान्तरण गरेको जनाएको छ।

विषम परिस्थितिमा सहयोग र श्रमदानमार्फत समुदाय र शहरलाई व्यवस्थित बनाउन योगदान गर्ने उद्देश्यले यो अभियान थालिएको शिवम् सिमेन्टले जनाएको छ। कम्पनीले आगामी दिनहरूमा पनि निरन्तर सरसफाइ कार्यक्रम र श्रमदानलाई जारी राख्ने प्रतिबद्धता जनाएको छ।

‘समुदाय र शहरको पुनर्निर्माणका लागि सहयोग गर्नु हाम्रो कर्तव्य हो। सामाजिक जिम्मेवारीअनुसार काठमाडौंलाई सफा, व्यवस्थित र सुरक्षित बनाउन निरन्तर प्रयासरत रहनेछौं,’ कम्पनीले भनेको छ।  

प्रकाशित: Sep 17, 2025| 11:39 बुधबार, असोज १, २०८२
प्रतिक्रिया दिनुहोस्