मंगलबार, असार १७, २०८२

साताको शेयर बजार : एक अर्ब ५४ करोडको कारोवार

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
काठमाडौं – धितोपत्र बजारमा यस साता एक अर्ब ५४ करोड १० लाख ६८ हजार ६८१ मूल्य बराबरको शेयर कारोवार भएको छ। 

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर १६६ कम्पनीका ५३ लाख १९ हजार ७१३ कित्ता शेयर कारोवार भएको छ। कारोवार मापक नेप्से परिसूचक साताभर ६.१४ बिन्दुले घटेर एक हजार १७२.७७ बिन्दुमा पुगेको छ। 

साताको पहिलो दिन कारोवार मापक नेप्से परिसूचक आठ दशमलव ६० विन्दुले घटेर एक हजार १७९ दशमलव १७ बिन्दुमा झरेको थियो। उक्त दिन कूल १४३ कम्पनीका ११ लाख ५३ हजार ७३ कित्ता शेयर रु ३६ करोड ४५ लाख ३८ हजार ७३६ मूल्यमा खरीद बिक्री भए। 

यस्तै साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १०.८६ बिन्दुले घटेर एक हजार १६८.०६ बिन्दुमा झर्‍याे। कूल १६६ कम्पनीको १२ लाख ६५ हजार ७८६ कित्ता शेयर ३६ करोड ७७ लाख छ हजार ६३८ मूल्यमा खरीद बिक्री भए। 

त्यस्तै साताको तेस्रो दिन कारोवार मापक नेप्से परिसूचक आज ०.७८ बिन्दुले बढेर एक हजार १६८.८३ बिन्दुमा पुग्यो। सो दिन कूल १५६ कम्पनीको १० लाख २४ हजार ६१५ कित्ता शेयर २९ करोड २२ लाख १४ हजार ३४५ मूल्यमा खरीद बिक्री भए। 

गत बुधबार कारोवार मापक नेप्से परिसूचक ४.१५ बिन्दुले बढेर एक हजार १७२.९८ बिन्दुमा पुग्यो। उक्त दिन कूल १६३ कम्पनीको १० लाख दुई हजार १०७ कित्ता शेयर २४ करोड ७७ लाख ४३ हजार १५५ मूल्यमा खरीद बिक्री भए। 

यस्तै साताको अन्तिम दिन कारोवार मापक नेप्से परिसूचक ०.२ बिन्दुले घटेर एक हजार १७२.७८ बिन्दुमा पुगेर बजार बन्द भयो। सो दिन कूल १५८ कम्पनीको आठ लाख ७४ हजार ८४ कित्ता शेयर २६ करोड ८८ लाख ६५ हजार ८०९ मूल्यमा खरीद बिक्री भए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्