मंगलबार, भदौ ३१, २०८२

'हामी फेरी उठ्नेछौँ' एनसेल

 |  मंगलबार, भदौ ३१, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३१, २०८२

vianetvianet

काठमाडौं-एनसेलले जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनीले आफ्नो काठमाडौँस्थित मुख्यालय 'एनसेल आइकम' सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूलाई गम्भीर क्षति पुर्याएको बताएको छ। ती घटनाले भौतिक संरचना मात्र नभई कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामासमेत चुनौती खडा गरेको कम्पनीले जनाएको छ।

Kumaribank

अद्यपि कठिन परिस्थितिमा पनि एनसेलले देशभरका सेवाग्राहीलाई दूरसञ्चार सेवा अविच्छिन्न रूपमा उपलब्ध गराउने प्रतिबद्धता कायम राखेको जनाएको छ। संकटको घडीमा कम्पनीले लगातार तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गराएको थियो।

एनसेलका अनुसार विगत २० वर्षदेखि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमार्फत रोजगारी सिर्जना, आर्थिक वृद्धिमा योगदान र डिजिटल नेपाल निर्माणको यात्रामा साथ दिइँदै आएको छ । कम्पनीले आफ्नो यही प्रतिबद्धता अझ दृढताका साथ निरन्तरता दिने पुनः प्रतिज्ञा गरेको छ।

नयाँ अन्तरिम सरकार र नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै एनसेलले परिवर्तनको यो यात्राले सबै नेपालीमा शान्ति, समृद्धि र एकताको भावना ल्याओस् भन्ने अपेक्षा व्यक्त गरेको छ।

प्रकाशित: Sep 16, 2025| 14:36 मंगलबार, भदौ ३१, २०८२
प्रतिक्रिया दिनुहोस्