बुधबार, चैत २५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • भारतमा हुने  फुटबल प्रतियोगिताका लागि राष्ट्रिय महिला टोली घोषणा

भारतमा हुने  फुटबल प्रतियोगिताका लागि राष्ट्रिय महिला टोली घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- निरु थापाको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरिएको छ । भारतको उडिसा राज्यमा हुने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका लागि शुक्रबार २३ सदस्यीय महिला फुटबल टोलीको घोषणा गरिएको हो । 

गोलकिपरमा अञ्जना रानामगर, उषा नाथ र एञ्जिला सुब्बा, डिफेन्डरमा हीरा भुजेल, गीता राना, पुनम मगर, अमृता जैसी, कविता धिमाल, सुनिता चौधरी, पूजा राना र मनमाया लिम्बु, मिडफिल्डरमा विमला चौधरी, अनिता बस्नेत, दिपा राई, मञ्जलीकुमारी योञ्जन, शर्मिला थापा, सरु लिम्बू, रेनुका नगरकोटी र अनिता केसी रहेका छन् । 

त्यस्तै फरवार्डमा अनु लामा, रेखा पौडेल, निरु थापा र सावित्रा भण्डारीलाई टोलीमा समावेश गरिएको मुख्य प्रशिक्षक हरि खड्काले जानकारी दिए । 

उडिसाको भूवनेश्वरमा आगामी फेब्रुअरी ७ देखि १७ तारिखसम्म आयोजना हुने सो प्रतियोगितामा नेपालसहित भारत, म्यान्मा र श्रीलङ्काले खेल्नेछन् । छनोट भएका २३ खेलाडीबाट २० सदस्यीय महिला टोलीको छनोट गरिने खड्काले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।