काठमाडौं- युएईसँगको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तरगतको पहिलो खेलमा नेपाल तीन विकेटले पराजति भएको छ । नेपालले दिएको १ सय १४ रनको सामान्य लक्ष्य पछ्याएको युएईले ३२.१ ओरभमा ७ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो ।
युएईका लागि गुलाम साब्बरले सर्वाधिक ३० रन जोडे । उनले ४८ बल खेल्दै तीन चौकोको मद्दतमा ३० रन जोडेका हुन् । आमिर हायात २४ रनमा अविजित रहँदा इमरान हैडेर ११ रनमा अविजित रहे ।
शैमन अन्वारले ११ रन जोड्न बाहेका अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन नसके पनि नेपाललाई पराजित गर्न साफ भए । नेपालका लागि करन केसी, सन्दीप लामिछाने र पारस खड्काले समान दुई दुई विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै सोमपाल कामीले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले ३३.५ ओरमा सबै विकेट गुमाउँदै १ सय १३ रन जोडेको थियो । नेपालका लागि सोमपालले ३०, आरिफले २५, पारसले २० र सन्दीपले १५ रन जोड्न बाहेका अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
नेपालले पहिलो ओरभमा नै शुन्य रन हुँदा उपकप्तान ज्ञानेन्द्र मल्लाई गुमाएको थियो । चार बल खेलका ज्ञानेन्द्र मोहम्मद नाभिदको बलमा विकेटकिपर गुलाम साब्बरबाट क्याच आउट हुँदै पेभिलिएन फर्किए ।
त्यसपछि एकदिवसीय अन्तर्राष्ट्रियका डेब्यु गरेका विनोद भण्डारीलाई दोस्रो विकेटको रुपमा गुमायो । केही आसा पलाएका युवा खेलाडी दिपेन्द्र सिंह ऐरी पनि मैदानमा टिक्न सकेनन् । उनी मात्र दुई बल खेल्दै रन आउट हुँदै पेभिलिएन फर्किए । त्यस पछि झनै मध्यक्रमका ब्याट्सम्यान एक पछि अर्को गर्दै पेभिलिएन फर्किए ।
पहिलो पटक राष्ट्रिय टोलीमा डेब्यु गरेका पवन सर्राफ पनि क्रिजमा टिक्न सकेनन् । उनी मात्र ४ रन जोड्दै आउट भए । तर, त्यस अघि मैदान प्रवेश गरेका आरिफ सेखले २५ रन जोड्दै नेपाललको आकडा केहि माथि उकासे ।
उनले ४३ बल खेल्दै तीन चौकाको मद्दतमा २५ रन जोडे । युएईका लागि मोहमद नाभिदले तीन विकेट लिए । त्यस्तै आमिर हायात र इमरान हैडेरले दुई दुई तथा कादिर अहमदले एक विकेट लिए । नेपालले केहि बेरमा जवाफि बलिङ गर्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४