बुधबार, फागुन २७, २०८२

जब अफगान नायिका करिमी सबैलाई भाग-भाग भनेर चिच्याइन्

पछिल्ला केही वर्षमा युद्धको भार अफगान सैन्यको काँधमा आएको थियो। तर ८३ बिलियन डलर खर्चमा अमेरिकी सेनाले दिएको सहयोग र सामग्रीले पनि देशको रक्षा गर्न सक्षम सेना बनाउन सकेन।
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

आइतबार तालिबान लडाकु राजधानी काबुलमा आतंक र अस्तव्यस्तासहित भित्रिए। उनीहरूको काबुल प्रवेशसँगै दुई दशक लामो अफगान सरकारको मात्र होइन त्यति नै लामो अमेरिकी युगको पनि अन्त्य भयो। क्रमिक रुपमा भएको यो घटना उत्तिकै विस्मित पार्ने खालको थियो।

National life

राष्ट्रपति असरफ घानीले देश छोडेका छन्। पूर्व–राष्ट्रपति हामिद कारजाईसहितको अफगानी अधिकारीहरूको परिषद्ले विद्रोहीको कब्जाको बारेमा तालिबानसँग खुला सम्झौता गर्ने बताएका छन्। आइतबारको दिन ढल्दासम्म विद्रोहीहरूले देश पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिइसकेका थिए।

गत साता तालिबानीहरूको हिंसात्मक गतिविधिले ग्रामीण तथा सहरी इलाकामा लिएको गतिले अमेरिकी सेना तथा सरकारलाई कमजोर बनाइदिएको थियो।

हतार–हतार गरिएको व्यवस्थामा अमेरिकी सेनाका हेलिकोप्टरले काबुलमा रहेको अमेरिकी दूतावासबाट अमेरिकी कूटनीतिज्ञ, दूतावासका कर्मचारीलाई काबुलको सैन्य आधार शिविरमा लगेको थियो।

यदाकदा चल्ने बम विस्फोटसँगै अमेरिकी ‘चिनोक’ र ‘ब्लाक हक’ हेलिकोप्टरको गति तथा सहर छाड्न चाहनेहरूको चापले बाटोमा गाडीहरूको जाम भयो।

तर सैन्य विमानस्थल नजिकै रहेको नागरिक विमानस्थलमा भने सर्वसाधारण आफ्ना परिवारलाई व्यावसायिक उडानको टिकट दिलाउन रोइकराइ गरिरहेका थिए। यद्यपि धेरै सैन्य उडानको अपेक्षामा प्रतीक्षारत थिए।

Laxmi sunrise bank
kumari

यदाकदा चल्ने बम विस्फोटसँगै अमेरिकी ‘चिनोक’ र ‘ब्लाक हक’ हेलिकोप्टरको गति तथा सहर छाड्न चाहनेहरूको चापले बाटोमा गाडीहरूको जाम भयो।

अल कायदाका विद्रोहीले सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा हमला गरेपछि अमेरिकी सेनाले अल कायदालाई निमिट्यान्न पार्न अफगानिस्तानमा आक्रमण गरेको थियो। तर, अमेरिकाको राष्ट्रनिर्माणको अभ्यास गलत तथा विरोधाभासपूर्ण नीतिले गर्दा ध्वस्त भयो किनभने अमेरिकी सैन्य योजनाकारहरूले विद्रोहीको शक्तिलाई कम आँके।



प्रजातान्त्रिक अफगानिस्तान बनाउने क्रममा २४ सयभन्दा बढी अमेरिकी सेनाले ज्यानको आहूति दिए भने कैयौं हजार घाइते भए। त्यस्तै, द्वन्द्वका क्रममा दसौं हजार नागरिकको ज्यान गएको छ भने हजारौंले आफ्नो थालथलोबाट विस्थापित भएका छन्।

पछिल्ला केही दिनमा तालिबान काबुलको निकट आउँदै गरेपछि हजारौंले सहर छाडे।

पछिल्ला केही वर्षमा युद्धको भार अफगान सैन्यको काँधमा आएको थियो। तर ८३ बिलियन डलर खर्चमा अमेरिकी सेनाले दिएको सहयोग र सामग्रीले पनि देशको रक्षा गर्न सक्षम सेना बनाउन सकेन।

जब पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई अफगानिस्तानबाट सेना फिर्ता बोलाउने घोषणा गरे र सो घोषणालाई राष्ट्रपति जो वाइडेनले पनि दोहोर्‍याए त्यसले अफगानीहरूको आत्मबल गिराइदियो।

काबुलको केन्द्रमा, मानिसहरूले भित्तामा विज्ञापनहरू पोत्न थालेका थिए र ब्युटी सैलुनहरूमा महिलाका पोस्टर टाँसिन थालेको थियो। तालिबानको पुनरागमनले विज्ञापनमा मानिसको प्रयोग र महिलालाई सर्वजनिक रुपमा चित्रित गर्न नपाउने डर पैदा गरेको छ।

वासिङ्टनका अधिकारीहरू के बताउँछन् भने अन्तिम अवस्थाका दृश्यले बाइडेन प्रशासन आश्चर्यमा परेको छ। यस्तो पनि टिप्पणी हुन थालेको छ– बाइडेन इतिहासमा धूमिल राष्ट्रपतिका रुपमा रहने त छैनन् जसले अफगानिस्तानको अध्यायलाई लज्जाजनक रुपमा सम्पन्न गरे। 

अहिले एक्कासि अफगानिस्तानले फेरि तालिबानको वर्चस्व स्वीकार गर्नुपरेको छ। हालैमा तालिबानले कब्जा गरेको स्थानमा उनीहरूले देखाएको व्यवहारले उनीहरू अझै पनि कठोर इस्लामिक कानुनका पक्षमा रहेको र सन् १९९० को दशकको विशेषतालाई निरन्तरता दिइरहेको देखिन्छ।

काबुलको केन्द्रमा, मानिसहरूले भित्तामा विज्ञापनहरू पोत्न थालेका थिए र ब्युटी सैलुनहरूमा महिलाका पोस्टर टाँसिन थालेको थियो। तालिबानको पुनरागमनले विज्ञापनमा मानिसको प्रयोग र महिलालाई सर्वजनिक रुपमा चित्रित गर्न नपाउने डर पैदा गरेको छ। कतिपय भित्तामा टाँसिएका सौन्दर्य प्रशाधनको पोस्टर निकाल्न थालिसकिएको छ।

खाली गरिएको राष्ट्रपति भवनमा आयोजित प्रेस ब्रिफिङको अल जजिराले रिपोर्ट गरेको थियो, जहाँ तालिबानका योद्धाहरू आक्रमणकारी हतियारसहित उपस्थित थिए। अल जजिराको रिपोर्टअनुसार उनीहरूले राजधानीबाहिर रहेका नेताको सुरक्षित आगमनका लागि काबुलको सुरक्षामा खटिएको बताएका थिए।

सोमबार बिहान ६:३० बजे तालिबानले जारी गरेको विज्ञप्तिमा उनीहरू सरकारी सुरक्षा दस्ताले छोडेका क्षेत्रमा सुरक्षाका लागि अघि बढ्दै गरेको बताएका थिए। तालिबानका प्रवक्ता जबिउल्ला मुजाहिदले सो जानकारी ट्विट गरेका थिए।

विज्ञप्तिमा नागरिकलाई घात नगर्न र तिनका घरमा नपस्न भनिएको छ। ‘हाम्रो सेना होसियारी साथ काबुल छिर्दैछ,’ विज्ञप्तिमा भनिएको छ।

काबुलमा अन्धकार छाएपछि अमेरिकी दूतावासले काबुलमा भएका अमेरिकीहरूलाई विमानस्थलमा नगई जहाँ बसिरहेको हो त्यही ठाउँमा सुरक्षित रुपमा रहन आग्रह गरेको छ। विमानस्थलमा रहेका प्रत्यक्षदर्शीहरूले नजिकैका स्थानबाट फाटफुट गोलीको आवाज आइरहेको बताएका छन्।

हजारौं मान्छे विमानस्थलमा जम्मा भएका छन् र त्यहाँबाट उम्कने प्रतीक्षामा छन्। काबुलको केन्द्रमा भएको सुरक्षित क्षेत्रभित्र हतियारसहितका कारमा कूटनीतिक कर्मचारीहरू, सहायता कर्मचारी र निजी सुरक्षाकर्मीहरू सुरक्षित अमेरिकी सैन्य आधारतर्फ हतारिँदै थिए ताकि त्यहाँबाट हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलसम्म सुरक्षित रुपमा जान सकियोस्। विमानस्थलको धावनमार्गमै अमेरिकी सैनिक विमानमा झुम्मिरहेका सर्वसाधारणको भीड देख्दा उनीहरू कति असुरक्षित रहेछन् भन्ने स्पष्ट हुन्छ। विदेशीमाझ चर्चित सेरेना होेटेलमा पनि जानेहरूको पनि भीड थियो।



अमेरिकी तथा नेटोका सेनाहरू मे महिनामा घर फर्केसँगै अफगानिस्तानको सुरक्षा व्यवस्था कमजोर हुँदै गएको थियो। कतिपय अवस्थामा सेनाले एउटा गोली पनि खर्च नगरी आत्मसमर्पण गरे। धेरैले तालिबानलाई सुरक्षित रुपमा जान दिए र उनीहरूले पैसा पनि उपलब्ध गराए। उनीहरूले छोडिएको हतियार र औजार जफत गरे।

‘पछिल्ला केही साता हामीले देखिरहको अवस्था आउनमा अफगान सेनाहरूको महत्त्वपूर्ण भूमिका छ। उनीहरू आफ्नो देशको रक्षा गर्न असमर्थ भए,’ अमेरिकी गृहमन्त्री एन्थोनी ब्लिनकेनले भनेका छन्।

अमेरिकी दूतावास आइतबारदेखि बन्द गरिएको छ। यस्तै संवेदनशील दस्तावेजहरूलाई नष्ट गरिएको अधिकारीहरूले बताएका छन्। अमेरिकाको झण्डा उतारेर सैन्य विमानस्थलमा स्थानान्तरण गरिएको छ।

अमेरिकी दूतावास नजिकैको नेटोको सहयोग स्थलका रुपमा उपयोग भएको स्थानमा हेलिकोप्टरहरू लगातार उडिरहेका छन् र सुरक्षित क्षेत्रमा भएका मानिसलाई उद्धार गरिँदै छ।

अवतरण क्षेत्रमा विभिन्न देशका भेषभूषा लगाएका मान्छेहरूले भरिएका छन्। संयुक्त राष्ट्र संघीय सहायता नियोगको कार्यालयलाई विमानस्थलसँगै सारिएको छ।

जसै एकपछि अर्को हेलिकोप्टरहरू ल्यान्ड हुन्छन्, सेनाका जवानहरूले मानिसहरू सलाईको जत्रो बट्टामा आवाजबाट कान जोगाउने बुझो दिएर हेलिकोप्टरमा लान एकत्रित गरिरहेका छन्। उड्न पाउनेहरूले हातमा लगाउने विशेष चुरा पाएका छन् जो उनीहरू गैरसैनिक भएको परिचय हुनेछ।

काबुलको केन्द्रमा भएको बैंकमा पैसा झिक्नेहरूको भीड लागेपछि सुरक्षाकर्मीले गोली नै चलाउनुपरेको थियो। पसलहरू बन्द छन्। मानिसले खाना र आत्यवश्यक सामान पाउन सकेका छैनन्।
तर लाखौं अफगानी जसमध्ये हजारौंले वषौंदेखि अमेरिकी सेनालाई सघाए उनीहरूका लागि कुनै त्यस्तो विशेष व्यवस्था हुने छैन। तिनीहरू त्यसै पिल्सिने छन्।

बाइडेन प्रशासनलाई के डर छ भने सन् १९७५ मा भियतनाम युद्धबाट फिर्दै गर्दा राजधानी साइगनको घरका छानाबाट अमेरिकी तथा आफ्ना पक्षका सेनालाई उद्धार गरिएजस्तो दुःखद अवस्था हुने त होइन।

हजारौं अफगानी कार तथा ट्याक्सीमा आफ्नो सरसामानसहित एयरपोर्टतिर दौडिएपछि सडक गन्जागोल भएर गाडी गुड्न सक्ने अवस्था नै भएन। केही यात्रुहरू आफ्नो गाडी छोडेर सरसामान झुण्ड्याउँदै बिग्रेभत्केको सडकमा हिँड्दै थिए।

काबुलको केन्द्रमा भएको बैंकमा पैसा झिक्नेहरूको भीड लागेपछि सुरक्षाकर्मीले गोली नै चलाउनुपरेको थियो। पसलहरू बन्द छन्। मानिसले खाना र आत्यवश्यक सामान पाउन सकेका छैनन्।

मानिसले आफ्नो घर छोडेका छन्। आफ्ना सरसामान सुटकेसमा लादेर उनीहरू जति सक्दो चाँडो सहर छोड्न मान्छेहरूलाई अनुनयविनय गरिरहेका छन्।



केही प्रहरी अधिकारीहरू आफ्नो औपचारिक पोसाक उतारेर सर्वसाधारणसँगै मिसिएका छन्। न्यु योर्क टाइम्सका एक जना पत्रकारले कैयौं प्रहरीहरूले तालिवान विद्रोहीसँग आत्मसमर्पण गरेको देखेको बताए।

सहरको केन्द्रमा रहेको अब्दुल हक चोकमा पाँच जना तालिबान विद्रोही एकत्रित हुँदा कारमा गइरहेका मान्छेले उनीहरूलाई विजयीको भावमा हात उचालेर अभिवादन गरे।

ट्विटरमा सन्देश लेख्दै राष्ट्रपति घानीले देशलाई रक्तपात पूर्ण अवस्थाबाट जोाउन देश छोडेको बताएका छन्। उनले तालिबानलाई अफगानिस्तानको इज्ज्त र गौरवलाई कायम राख्न पनि अपिल गरेका छन्।

राष्ट्रपति घानी आफ्नी श्रीमती र दुईजना सहयोगीसँग उज्बेकिस्तान गएको कुरा अफगानी अधिकारीले बताएका छन्, जो गत वर्षदेखि तालिबानसँग शान्तिवार्ताका लागि कतारको दोहामा रहेका छन्। ती अधिकारीले आफ्नो परिचय भने सुरक्षाका कारणले खुलाउन चाहेनन्।

पछिल्लो दुई राष्ट्रपतीय निर्वाचनमा घानीका प्रतिद्वन्द्वी रहेका अब्दुल्लाह अब्दुल्लाहले विषम परिस्थितिमा देश छोडेको भन्दै उनको भत्र्सना गरेका छन्।

‘उनलाई भगवानले हेर्लान्, अफगानी जनताले पनि आफ्नो निर्णय गर्ने नैछन्,’ अफगान शान्ति वार्ताका अध्यक्ष अब्दुलाहले फेसबुकको भिडियोमा भनेका छन्।

स्वतन्त्र मिडियालाई तालिबानहरूले बन्द गर्लान् भन्ने भय मडारिइरहँदा उनीहरूले राष्ट्रपति भवन कब्जा गरेको दृश्य कैद गर्न सञ्चारकर्मीहरूलाई निम्त्याएका छन्।  हल्ला र अफवाहहरू फैलिरहँदा सडकहरू डर र आतंकले व्याप्त छ।

‘शुभकामना, तालिबान सहर आइपुगेको छ। हामी भाग्दैछौं,’ अफगान फिल्मकी नायिका सअरा करिमीले फेसबुकमा पोस्ट गरेको भिडियोमा भनेकी छिन्। उनले आफू भाग्दै गरेको भिडियो पोस्ट गरेकी छिन् जसमा उनले टाउकोमा स्कार्फ बाँध्दै अरूलाई पनि भागभाग भनेर चिच्याइरहेकी छिन्।

आइतबार बिहानैदेखि वरिष्ठ राजनीतिज्ञहरूले काबुल एयरपोर्ट विमान चढेको देखिएको थियो। बग्राम विमानस्थल आइतबार दिउँसोदेखि तालिबानले नियन्त्रण लिएको थियो भने पूर्वी अफगानिस्तानमा भएको प्रान्तीय सहर खोत पनि उनीहरूकै नियन्त्रणमा गएको कुरा अफगानी सञ्चारमाध्यमहरूले जनाएका छन्।



अफगानिस्तनको उत्तरी सहर मजार–ए–सरिफ र पूर्वीतर्फको सहर जलालाबादमा तालिबानको पकड भएको खबर एक साताअघि मात्र भएको भए त्यो आश्चर्यको कुरा हुने थियो। तर आइतबार केन्द्रीय सरकारले नै घुँडा टेकेपछि ती घटना छायामा परे।

आठ दिनअघि मात्र पश्चिम कुनाको प्रान्तीय सहर जाराङ तालिबानको नियन्त्रणमा गएको थियो। त्यसपछि त एकपछि अर्को सहर तालिबानको नियन्त्रणमा गयो। अमेरिकाद्वारा प्रशिक्षित अफगानी सेना आत्मसमर्पण गर्दै गए। भिडियोहरूमा के देखिएको छ भने तालिबान विद्रोहीहरू अमेरिकी हमभी नामक सैनिक गाडीका घुमिरहेका छन् र एम–१६ उचालेर सहर डुलिरहेका छन्।

काबुलको विमानस्थलमा आइतबार उभिएका नौसैनिकले बताएअनुसार उनीहरू ऐतिहासिक क्षणको साक्षी भएका छन्। केही समयअघि मात्र केही मानिस हेलिकोप्टरबाट बाहिरिए जसले हतार–हतारमा नमिलाईकनै पट्टायएको झण्डालाई लिएर आएका आएका थिए जुन झण्डा भर्खरै दूतावासबाट उतारिएको थियो।

न्युयोर्क टाइम्समा प्रकाशित डेभिड जुच्चिनोको यो आलेख भावानुवाद गरिएको हो।

प्रकाशित: Aug 17, 2021| 06:28 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।