बिहीबार, साउन १४, २०८३

सुरक्षा घेरामा चिकित्सा शिक्षा विधेयक पारित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसको घेराउबीच नै सुरक्षा घेरा हालेर सरकारले विवादस्पद चिकित्सा शिक्षा विधेयक पारित गरेको छ। 

शुक्रबार बसेको संसद बैठकमा सरकारले प्रतिपक्षीको घेराउ र नाराबाजीबीच नै विधेयक पारित गरेको हो। प्रतिपक्षको अवरोधलाई छेक्नका लागि सरकारको निर्देशनमा बैठक कक्षको सुरक्षा घेरा तयार पारिएको थियो। सय जना जति मर्यादापालकहरु बैठक कक्षमा खटाइएको थियो। 

यसअघि बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा सत्तापक्षले विधेयकका बारेमा प्रतिपक्षसँग थप परामर्श गरेर अघि बढ्ने आश्वसन दिएपनि बैठकमा अचानक विधेयक प्रस्तुत गरिएको थियो। 

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभा बैठकमा विधेयक निर्णयार्थ संसदसमक्ष पेस गरेकोमा बहुमत सदस्यको समर्थनमा विधेयक पारित भएको हो। मेडिकल माफियालाई पोस्ने यो विधेयकको कांग्रेसले निरन्तर विरोध गर्दै आएको थियो। 

चिकित्सा शिक्षा विधेयकमा सुधार गर्नुपर्ने भन्दै डा गोविन्द केसी १६ दिनदेखि अनशनमा छन्। 

आगामी बैठक माघ १७ गतेका लागि बोलाइएको छ।
भिडियो

 

डा केसीको अनशन र चिकित्सा शिक्षा विधेयकको विषमा नेपाल समय कभरेज, थप पढ्नुहोस्,  

चोर बाटोबाट विधेयक पारित गरियो: देउवा
जसले कांग्रेसलाई जिस्काउँछ, त्यो सकिन्छ : गगन 
विधेयक पारित हुँदा प्रतिपक्षले गरेको विरोधको सम्मान गर्छौं : योगेश 
पारित भएको चिकित्सा शिक्षा विधेयकमा के छ? 
संसदलाई गोविन्द केसीको खुलापत्र : 'माननीयज्यूहरू फेरि भुल नगर'
२७ दिनपछि डा केसीले तोडे अनशन, यी ९ विषयमा भयो सहमति
डा. गोविन्द केसी र दलाल समाजवादको स्वास्थ्य
माफियासँग फेरि झुक्यो सरकार, केसीको जीवनमाथि खेलबाड
डा केसीलाई पेल्दै सरकार, चिकित्सा शिक्षा विधेयक सदनमा पेश !
माफिया पोस्‍ने विधेयक रोक्‍न कांग्रेसले संसद् चल्‍न दिएन

डा केसीलाई जबरजस्ती काठमाडौं ल्याएर सरकार किन मौन ?
ट्‍वीटर ट्रेन्डिङको एक नम्बरमा #BackOffMedicalEducationBill
चिकित्सा विधेयक 'चोर बाटो' बाट पारित गर्ने सरकारी प्रयास असफल
'सरकारले छलकपटपूर्वक डा केसीको ज्यान जोखिममा पार्‍यो'

'डा केसी जुनसुकै बेला अचेत हुनसक्ने'

विधेयकमा कुरो नमिल्दा वार्ता विफल

डा केसीले अस्वीकार गरे प्रधानमन्त्रीको प्रस्ताव

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।