काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शवमा श्रद्धाञ्जली अर्पण गरेका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पुगेर सभापति लामिछानेले श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।
श्रेष्ठको ७९ वर्षको उमेरमा मंगलबार निधन भएको थियो। श्रेष्ठको निधनमा कांग्रेसले ३ दिन शोक मनाउने भएको छ।