यतिबेला नेपाली राष्ट्रिय क्रिकेट टोली एकदिवसिय अन्तर्राष्ट्रिय र टी-२० अन्तर्राष्टिय क्रिकेट सिरिज खेल्नका लागि युएईमा छ। समान तीन-तीन एकदिवसिय र टी-२० अन्तर्राष्ट्रियका लागि नेपाली टोली मंगलबार नै युएई प्रस्थान गरेको थियो।
कैलालीको चुरे गाउँपालिका-६ सिद्धप्रगतिशील सामुदायिक वनमा अग्निरेखा निर्माण गर्ने नाममा रूख काट्न सडक निर्माण गरिएको पाइएको छ। सामुदायिक वनको कार्ययोजनाअन्तर्गत भन्दै अग्निरेखा निर्माणका नाममा ठूलठूला रूख जता छन् त्यतैतिर ताक्दै सडक निर्माण गरिएको हो।
कुनै बेला कर्णालीका पाखापखेरामा चर्चित सल्यानी टप्पा गीतको यो अंश आजभोलि कर्णालीका मन्त्रीहरुको व्यवहारमा ठ्याक्कै मेल खान पुगेको छ। भाषणमा कर्णालीको गरिबी र अभावलाई अन्त्य गर्न मितव्ययी र पारदर्शिता अपनाउने रटान कस्दै आएका मन्त्रीहरु व्यवहारतः त्यसको ठिक विपरीत देखिएका छन्।
राजधानीमा बुधबार बिहानैदेखि झरी परिरहेको छ। वर्षासँगै काठमाडौं उपत्यका आसपासका नगरकोट, शिवपुरी, फूल्चोकी, चन्द्रागिरीलगायतका डाँडा सेताम्मे भएका छन्। झरीको परवाह नगरी ती क्षेत्रमा राजधानीका विभिन्न ठाउँबाट सर्वसाधारण हिउँ खेल्न पुगेका छन्। सेताम्मे डाँडामा हिउँ खेल्नेको भीड लागेको छ।
गत ०७४ असारमा मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम विश्वविद्यालयलाई आंगिकलगायत सम्बन्धन दिने निर्णय गरेर पत्र पठायो । त्यसपछि साउन १ गते विश्वविद्यालयले १४ वटा सामुदायिक क्याम्पसलाई सम्बन्धन दिने निर्णय गर्यो।
सप्तरीमा दोहरो भीडन्तमा एकजना मारिएका छन् । सप्तरीको रुपनी नजिक गस्तीमा रहेको प्रहरी टोलीसँगको भिडन्तमा सप्तरी जिल्ला घर भएका दिपेन्द्र जयसवाल भनिने दिपेन्द्र चौधरीको मृत्यु भएको हो।
नेपाल तरुण दलले दुई तिहाइको सरकार जनभावना विपरित कार्य गरिरहेको आरोप लगाएको छ। नेपाल तरुण दल केन्द्रीय समितिको आयोजना र धनुषा जिल्लाको संयोजनमा जनकपुरमा आयोजित विरोध कार्यक्रममा बोल्दै तरुण दलका नेताहरुले सरकार मधेस जनभावना विपरित कार्य गरिरहेकोले सचेतसमेत गराएका थिए।
नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले सरकारको अधिनायकवादी कदमका विरुद्ध बुधबार राजधानीमा शक्ति प्रदर्शन गरेको छ। सत्तापक्षले दुई तिहाइको दम्भमा प्रतिपक्षीलाई पेलेर माफिया पोस्ने विधेयक संसदमा पारित गर्न लागेको भन्दै नेविसंघले बुधबार दिउँसो माइतीघर मन्डलामा प्रदर्शन गरेको हो।
पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली हुँदा काठमाडौं उपत्यकासहित मुलुकको मध्य र पश्चिम क्षेत्रमा पानी परेको छ। काठमाडौं उपत्यका सहित देशका अधिकांश भागमा अहिले पनि वर्षा भइरहेको छ।
मंगलबारदेखि सुरु भएको चार दिने विश्व आर्थिक मन्चको यो बर्षको सम्मेलनमा स्विटजरल्यान्डको डाभोस छन प्रधानमन्त्री केपीशर्मा ओली। ओलीले मंगलबार आफ्नो पहिलो सेसनमा भाग लिए।
स्वागत गेट, प्रवेशद्वार त धेरै बन्ने गर्दछन्। तर द्वार बनिसकेपछि तिनले गर्ने आर्कषणको पाटो चाँहि फरक हुने गर्दछ। गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरमा पर्यटकको स्वागातार्थ बन्ने पर्यटकद्वारमा चौबीसै घन्टा बुद्ध भजन र संगीत बज्ने भएको छ।
गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगंजले बाराका आधा दर्जन पेट्रोल पम्प सञ्चालकविरुद्ध कारवाही गरेको छ। कम परिमाणको तेल बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै पेट्रोल पम्प सञ्चालकलाई दश दिनदेखि तीन महिनासम्मको कैद सजाय र १० हजार रुपैयाँसम्म जरिवाना गरिएको कार्यालयका सूचना अधिकारी रजनिश झाले जानकारी दिए।
फागुन २ गते काठमाडौंमा नेपाल उद्यमशीलता सम्मेलनको आयोजना गर्ने भएको छ। सम्मेलन मुलुकको उद्योग क्षेत्रमा सहयोग पुर्याउले उद्देश्यले नेपाल उद्योग परिसंघले, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको सहयोगमा भएका हुन्।
स्पेनिस क्लब रियल मड्रिडले युभेन्ट्सका स्टार स्ट्राइकर पाउलो डिबालालाई अनुबन्ध गर्न ९० मिलियन पाउण्डको प्रस्ताव युभेन्ट्सलाई गर्ने भएको छ । अर्जेन्टिनाका स्टार स्ट्राइकर डिबाला पनि रियल आउन इच्छुक देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएकोछ ।
अमेरिकी सेनालाई सिरियाबाट फर्काउने वासिङ्टनको निर्णयपछि सिरिया समस्याबारे रूस र टर्कीबीचको परामर्शका लागि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान बुधबार मस्कोतर्फ गएका छन्। मस्कोमा उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छलफल गर्ने कार्यक्रम रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...