बिहीबार, साउन १४, २०८३

डिबाला भित्र्याउन रियलले ९० मिलियन खर्च गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- स्पेनिस क्लब रियल मड्रिडले युभेन्ट्सका स्टार स्ट्राइकर पाउलो डिबालालाई अनुबन्ध गर्न ९० मिलियन पाउण्डको प्रस्ताव युभेन्ट्सलाई गर्ने भएको छ । अर्जेन्टिनाका स्टार स्ट्राइकर डिबाला पनि रियल आउन इच्छुक देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएकोछ ।
 
‘डिबाला अनुबन्ध गर्न धेरै क्लबहरु इच्छुक देखिएका बेला रियल पनि अघि सरेको छ । रियलले डिबालालाई सेन्टर फरवार्डको रुपमा आफ्नो क्लबमा अनुबन्ध गर्न लागेको बताइएको छ । 

युभेन्ट्स सहमत भए रियलले डिबालालाई यस सिजनको समरमा अनुबन्ध गर्ने बताईएको छ । पछिल्लो समय डिबाला युभेन्ट्सबाट अन्य क्लब जान खोजिरहेका छन् । 

र, डिबाला भित्र्याउन इन्ग्लिश क्लब म्यानचेस्टर सिटि, युनाईटेड र वायर्न म्युनिख समेत इच्छुक देखिएका छन् । सन् २०१५ मा क्लब आएका डिबालाले युभेन्ट्सबाट ११६ खेलमा ५४  गोल गरिसकेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।