काठमाडौं- ढोरपाटन महिला डबल लिग भलिबलमा तीनवटै विभागिय टोली विजयी भएका छन् । मंगलबार आयोजक ढोरपाटन भलिबल क्लबको मैदानम भएको खेलमा एपिएफ, नेपाल पुलीस क्लब र आर्मी विजयी भएका हुन् ।
मंगलबारको पहिलो खेलमा विभागीय टोली एपिएफले सेवा क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो । पहिलो २५-८ को फराकिलो अन्तरले पराजित गरेको एपिएफले दोस्रो सेटमा २५-१४ र तेस्रो सेटमा २५-१८ ले पराजित गर्दै विजयी भयो ।
मंगलबार नै भएको दोस्रो खेलमा अर्को विभापगय टोली नेपाल पुलिसले श्रीगाँउ दाङलाई ३-० को सोझो सेटमा नै पराजित गर्यो । पुलिसले तीनवटै सेटमा दाङलाई निकै नै फराकिलो अन्तरले पराजित गर्यो ।
पहिलो सेट २५-८ ले पराजित गर्दा दोस्रो २५-९ र तेस्रो सेटमा २५-८ ले पराजित गर्यो । मंगलबार नै भएको तेस्रो खेलमा एपीएफले आफ्नो दोस्रोखेलमा थाहा नगरपालिका २५-७, २५-११ र २५-१२ को सोझो सेटमा परासजत गर्यो ।
त्यस्तै आजको चौथो खेलमा आर्मीले सेव क्लबलाई ३१-२९, २५-१९ र २५-२० को सोटमा पराजित गर्यो । यससँगै मंगलबार भएका चार वटै खेलमा विभागिय टोली विजयी भएका हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४