प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको समृद्ध नेपाल, सुखी नेपाली नारा बोकेको सरकार आफ्ना उपलब्धिहरूको गन्ती गराइरहेको छ। त्यसमा अन्तर्राष्ट्रिय विमानस्थल २१ घन्टा सञ्चालनदेखि पानीजहाज कार्यालय स्थापनासम्म राखिएका छन्।
विश्वका आर्थिक ‘एलिट’ र अर्थतन्त्रका जानकारमा मात्रै चर्चामा आउने स्विट्जरल्यान्डको डेभोस शनिबारदेखि नेपालमा पनि चर्चामा छ। डेभोसको विश्व आर्थिक मञ्चमा पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुन शनिबार स्विट्जरल्यान्ड प्रस्थान गरिसकेका छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहमति विपरित चिकित्सा शिक्षा विद्येयक पारित गर्न लागिएको भन्दै संसद अवरुद्ध गरेको छ। सोमबार साढे १२ बजे सुरु भएको बैठक कांग्रेसले अवरोध गरेपछि २५ मिनेटमै बैठक स्थगित भएको हो।
नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु भएको छ। कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदीबन्दीको मृत्यु भएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा भगतलाल श्रेष्ठले जानकारी दिए।
नेपाली कांग्रेसका प्रवक्ता एवम् केन्द्रीय सदस्य बिश्वप्रकास शर्माले दुई तिहाईको बहुमत छ भन्दैमा विवेक नगुमाउन सरकारलाई आग्रह गरेका छन्। दुईतिहाईको सरकारका पालामा देशमा महंगी भ्रष्टाचार र अशान्ति निकै बढेको भन्दै शर्माले जनताको जनजिविका संग सरकार गम्भिर नभएको आरोपसमेत लगाए।
राजमार्ग स्तरोन्नतिको ठेक्का पाएका निर्माण कम्पनीको लापरवाहीका कारण सर्वसाधारणले सास्ती भोग्नु परेको छ। सडक निर्माणको क्रममा धुलाम्ये भएको सडकको उचित व्यवस्थापन नहुँदा सर्वसाधारणको स्वास्थ्यमा समेत नकारात्मक प्रभाव परेको छ।
नयाँ मर्यादाक्रममा अख्तियार दुरुपयोग अनुसन्धान अयोगले आपत्ती जनाएको छ। अयोगको सोमबार बसेको बैठकले सरकारले हालै परिमार्जन गरेको मर्यादाक्रमका सम्बन्धमा विभिन्न निर्णय गरी आपत्ती जनाएको हो।
नेपालका विभिन्न व्यक्तित्वले स्विस बैंकमा राखेको ५२ अर्ब सात करोड २७ लाख ७३ हजार रुपैयाँ अवैध धनबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अध्ययन सुरु गरेको छ। विभागका सूचना अधिकारी विनोद लामिछानेले घटना बाहिर आएसँगै अनुसन्धान सुरु गरेको बताए।
मलेसियाबाट कलिङ भिसा आएका कामदारहरू वैदेशिक रोजगारीमा जाने बाटो खुलेको छ। त्यसको लागि प्रक्रिया सुरु भएको छ। सोमबार वैदेशिक रोजगार विभागले कलिङ भिसा आएकाहरुको तथ्यांक माग गरेसँगै उनीहरूको मलेसिया जाने बाटो खुलेको हो।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिने स्वस्थानी व्रत सोमबारदेखि सुरु भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन आज हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीति संरक्षणमा ठूल-ठूला भ्रष्टचार कान्ड हुने गरेको बताएका छन्। नेपाली कांग्रेसले स्याङजामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले वाइड बडी प्रकरण, एनसेल प्रकरण, बुढीगण्डकी ठेक्का प्रकरण जस्ता ठूल-ठुला कान्ड राजनीति संरक्षमा हुने गरेको दाबी गरेका छन्।
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले केपी ओली नेतृत्वको सरकार नीतिविहीन सरकार रहेको आरोप लगाएका छन्। दश महिने कार्यकाल पुरा गरिसक्दासमेत जनताका लागि ठोस योजना ल्याउन नसक्नुले पनि अहिलेको सरकार नीतिविहीन रहेको पुष्टि भएको कोइरालाले बताए।
संसदको उद्योग वाणिज्य तथा आपूर्ति उपसमितिको टोलीले सोमबार वीरगंज महानगरपालिकाको भवानीपुरमा संचालित मासु र हाड प्रशोधन उद्योगको स्थलगत अनुगमन गरेको छ। उद्योगले प्रदुषण फैलाएको भन्दै बन्द गराउन माग गर्दै स्थानीय बासिन्दाले संसदीय समिति समक्ष निवेदन दिएपछि समितिले अनुगमन समिति गठन गरेको हो।
चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले 'कोर्ट म्यारिज' गरेका छन्। उनीहरूले सोमबार काठमाडौं जिल्लाअदालतमा कानुनी विवाह गरेका हुन्।
आगामी आमचुनावमा कांग्रेस आईले चर्चित बलिउड अभिनेत्री करिना कपुरलाई भोपालबाट उठाउने तयारी गरेको छ। भोपालकी बुहारीसमेत रहेकी करिनालाई उठाउँदा जित्ने सकिने आसमा कांग्रेसले उनलाई चुनाव लडाउने तयारी हो।
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना आफ्नो शीर्षस्थान कायमै राखेको छ। नेपालमा हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) निर्धारित मितिमा नहुने भएको छ। सन् २०१९ को मार्चमा नेपालमा हुने तय भएको १३औँ साग पूर्वाधार निर्माण तथा तयारी पूरा नभएको भन्दै छ महीना पर सार्न साग सचिवालयले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई पत्र पठाएको छ।
सन् २०१९ को सुरूवातसँगै अन्तरीक्ष तथा ब्रमाण्डका विषयमा यो वर्ष वैज्ञानिकहरूको लागि अध्ययनको ठुलो मौका रहनेछ । यस वर्ष ३ वटा खग्रास चन्द्रग्रहण हुने छन्। जसमध्ये जनवरी २० र २१ को पहिलो खग्रास चन्द्र ग्रहण रहेको छ।
टर्कीको इस्तानबुल नगरपालिका अहिले विवादित छ। महिलालाई सभ्य र व्यवहारिक बनाउने भन्दै नगरपालिकाले महिलाले आइसक्रिम चाटेर खान नहुने नियम बनाएपछि उक्त नगरपालिका विवादमा परेको हो।
चीनले मल्टीस्पेक्ट्रल इमेजिङका लागि दुईवटा भूउपग्रह सोमबार प्रक्षेपण गरेको छ। उक्त भूउपग्रह चीनको उत्तरपश्चिममा रहेको जिक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...