कांग्रेसले संसद् चल्न दिएन

/assets/plugins/bower_components/fileman/Uploads/Images/samsad_metting.jpg

काठमाडौं-  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहमति विपरित चिकित्सा शिक्षा विद्येयक पारित गर्न लागिएको भन्दै संसद अवरुद्ध गरेको छ ।

सोमबार साढे १२ बजे सुरु भएको बैठक कांग्रेसले अवरोध गरेपछि २५ मिनेटमै बैठक स्थगित भएको हो । कांग्रेसले मेडिकल माफियालाई पोस्ने गरि विधेय फिर्ता नलिएसम्म बैठक चल्न नदिने चेतावनी दिएको छ । 

संसद्को सुरुमै बोल्दै कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सहमति विपरित विधेयक पास गर्न खोजे सह्य नहुने चेतावनी दिएका थिए । उनले गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाको नाममा अस्पताल खोल्ने निर्णय सच्याउन समेत आग्रह गरेका थिए । 

उनले आफूहरुको माग पुरा नभए संसद चल्न नदिने उनले चेतावनी दिएका थिए । उनी बोले लगतै काग्रेसका सांसदहरु उभिएर संसदमा विरोध जनाएका थिए । केहीबेरको विरोधपछि सभामुखले बैठक नै स्थगित गरेका छन् । 
 



प्रतिक्रिया