सोमबार, पुस १४, २०८२

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

 |  शुक्रबार, असार २०, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २०, २०८२

भोजपुर- चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २० दशमलव ६० मिटर लामो पक्की पुल निर्माण भएको छ।

National life

पूर्वाधार विकास कार्यालयमार्फत निर्मित पुलबाट षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका छन्। उक्त रकम कोशी प्रदेश सरकारले प्रदान गरेको हो।

पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार षडानन्द नगरपालिका १ र ५ लाई जोड्ने चिरखुवा खोलामा पुल बनेपछि यी वडाका बासिन्दा ११ किलोमिटर घुमेर दिङ्ला पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन्।

पुलमा हल्का सवारी साधन पनि सञ्चालन भएका छन्। जिल्ला सदरमुकाम पुग्न पनि अब सहज भएको छ।

प्रकाशित: Jul 04, 2025| 10:17 शुक्रबार, असार २०, २०८२
प्रतिक्रिया दिनुहोस्