आइतबार, पुस १३, २०८२

वर्षाका कारण दुम्कीबासमा वैकल्पिक सडक अवरुद्ध

 |  आइतबार, असार १५, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, असार १५, २०८२

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कीबासस्थित विनयी खोलाको अस्थायी डाइभर्सनको विकल्पका रूपमा सञ्चालन हुँदै आएको वैकल्पिक सडक बाढीका कारण अवरुद्ध भएको छ।

National life

आज बिहानदेखि परेको वर्षाका कारण खोलामा बाढी आउँदा साना तथा यात्रुवाहक सवारीसाधनका लागि प्रयोग हुँदै आएको वैकल्पिक सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए।

होङ्सी गेट–सर्दी–ज्यामिरे हुँदै जाने वैकल्पिक सडकमा पर्ने खरङ्गे खोलामा आएको बाढीका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक नेपालले बताए। ठुला सवारीसाधनलाई दुम्कीबासस्थित विनयी खोलामा निर्माण गरिएको डाइभर्सनबाट वारपार गराइँदै आएको थियो भने साना तथा यात्रुवाहक सवारीसाधनलाई वैकल्पिक सडकमा सञ्चालन गरिएको थियो। बाढीका कारण डाइभर्सनसमेत बगाएको र वैकल्पिक बाटोको खोलामा बाढी आएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक नेपालले बताए।

बाढीका कारण यातायात अवरुद्ध भएसँगै सवारीसाधनलाई सुरक्षित स्थानमा ‘होल्ड’ गरिएको प्रहरी नायब उपरीक्षक नेपालले बताए। दुम्कीबासस्थित विनयी खोलाको पुल भाँचिएपछि राजमार्ग डाइभर्सनका भरमा सञ्चालन हुँदै आएको छ। पानी पर्दा डाइभर्सनमा क्षति हुने हुँदा प्रायःजसो राजमार्ग अवरुद्ध हुँदै आएको छ। भाँचिएको ठाउँमा नयाँ पुल निर्माण गरिँदै छ। उक्त पुल निर्माणको अन्तिम चरणमा पुगेको छ।

पुल बनेपछि डाइभर्सनको दुःख अन्त्य हुनेछ। उता दाउन्ने खण्डमा निर्माणको काम नसकिँदा पानी पर्नेबित्तिकै सडक चिप्लो भएर यातायात अवरुद्ध हुने समस्या भने कायमै छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 29, 2025| 14:37 आइतबार, असार १५, २०८२
प्रतिक्रिया दिनुहोस्