मंगलबार, भदौ १०, २०८२

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावनाT

 |  आइतबार, असार १५, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार १५, २०८२

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थान तथा अन्य प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना  छ। देशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका धेरै स्थान तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। देशको उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: Jun 29, 2025| 07:12 आइतबार, असार १५, २०८२
प्रतिक्रिया दिनुहोस्

थप समाचार

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

आजको दिन हिन्दु महिलाहरूले भगवान शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउने गर्छन्।
जसलाई तीजले छोएन

जसलाई तीजले छोएन

कतै नयाँ भेषभूषा र मीठा परिकारसहित तीजको रौनक छाउँछ भने कतै दुःख, उजाड र पीडाले भरिएका कथाहरु पनि छन्। गरिबीले पिल्सिएकाहरुलाई तीजले छोएको छैन्।