शुक्रबार, असार ५, २०८३

भीरबाट लडेर महिलाको मृत्यु

 |  शनिबार, असार १४, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, असार १४, २०८२
National life
Shivam cement

बैतडी- बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। 

जिल्लाको सिगास गाउँपालिका–२ खोल्टेकी ५० वर्षीय तारादेवी धामीको भीरबाट लडेर मृत्यु भएको हो। शुक्रबार बिहान ८ बजेतिर घर नजिकैको ताछे भीरमा घाँस काट्न गएकी धामीको लडेर मृत्यु भएको हो। 

घाँस काट्न गएकी धामी दिउँसोसम्म घर नफर्केपछि खोजी गर्दा भीरबाट एक सयमिटर तल धामीको शव फेला परेको थियो।  धामीका श्रीमान, एक छोरा र एक छोरी छिन्।

प्रकाशित: Jun 28, 2025| 09:01 शनिबार, असार १४, २०८२
प्रतिक्रिया दिनुहोस्