शुक्रबार, असार ५, २०८३

अरुण नदीमा बेपत्ता २ बालिका अझै भेटिएनन्

 |  शुक्रबार, असार १३, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १३, २०८२
National life
Shivam cement

भोजपुर- अरुण नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएका छैनन। उनीहरुको खोजी कार्य भने जारी राखिएको छ। 

हतुवागढी गाउँपालिका–९, मचुवाटारका १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई अरुण नदीमा बेपत्ता भएका हुन। बुधबार दिउँसो नुहाउन भनेर नदीमा गएका उनीहरु बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। दुवै जना कक्षा ८ का बिद्यार्थी हुन्। आफ्ना छोरीहरु बेलुकासम्म घर नआएपछि आफन्तले प्रहरीमा खबर गरेका थिए। 

आफन्तले खबर गरेसँगै बालिकाहरुको खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। नदीमा पानी सतह बढेको जानकारी आए पनि खोजी कार्य तीव्र पारिएको र अहिलेसम्म उनीहरुलाई फेला पर्न नसकिएको डिएसपी  तिमिल्सिनाले बताए। खोजीका लागि धनकुटा, सुनसरी र सप्तरी प्रहरीसँग समन्वय गरिएको छ। 

प्रकाशित: Jun 27, 2025| 13:42 शुक्रबार, असार १३, २०८२
प्रतिक्रिया दिनुहोस्