आइतबार, पुस १३, २०८२

चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किंदा दुई जना घाइते

 |  शुक्रबार, असार १३, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १३, २०८२

National life
Laxmi sunrise bank
kumari

चितवन- पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जङ्गलमा ग्यास बुलेट र ट्रक एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। 

घाइते हुनेमा ट्रकका सहचालक राप्ती नगरपालिका–२ का २४ वर्षीय  प्रविन प्रजा र ग्यास बुलेट चालक भारतको बिहारका ४५ वर्षीय जगदेव यादज रहेका छन्। जिल्ला प्रहरी कार्यालयलयका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार भरतपुरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट एनएल–०१ एन ०१३३ नम्बरको ग्यास बुलेट र विपरित दिशावाट जाँदै गरेको बाप्र ०३–००१ ख ३४१९ नम्बरको ट्रक एकापसमा कोक्कीएका हुन्। 

सहचालक प्रजाको चितवन मेडीकल कलेज र यादवको पुरानो मेडीकल कलेजमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Jun 27, 2025| 09:26 शुक्रबार, असार १३, २०८२
प्रतिक्रिया दिनुहोस्