आइतबार, पुस १३, २०८२

एक गाग्री पानीका लागि घन्टौं लाइन

 |  बिहीबार, असार १२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असार १२, २०८२

तनहुँ- तनहुँको सदरमुकामस्थित दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यास ४ ले वितरण गर्दै आएको खानेपानी धारामा नआएपछि यतिबेला हाहाकार भएको छ। व्यास २ र ३ नम्बरका स्थानीयवासीले अमरापुरीस्थित प्रेम कुवा, पानी घट्टा र पञ्चमन्दिर धारालगायत स्थानमा एक गाग्री पानी लिन सर्वसाधारणले लामो समय कुर्नुपरेको छ।

National life

धारामा पानी नआएपछि सार्वजनिक कुवा र धारामा पानी लिन सर्वसाधारण बिहानदेखि लामबद्ध लाग्ने गरेको व्यास नगरपालिका ३ देउरालीनगर निवासी उपभोक्ता देव गजमेरले जानकारी दिए। मंगलबार साँझदेखि पानी वितरण नभएपछि सर्वसाधारणको साँझ अबेरसम्म भीड लाग्ने गरेको छ।

‘बुधबार साँझ ९ बजेसम्म पनि एकसयको हाराहारीमा मानिस कुवा तथा धारामा पानी लिन लाइनमा बसेका छन्’ उनले भने। मुग्लिन-पोखरा सडक विस्तारका क्रममा अस्थायी रूपमा रहेको खानेपानीका पाइप हटाएर स्थायी व्यवस्थापन गर्न लागिएका कारण खानेपानी वितरणमा समस्या भएको हाे।

दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठ भन्छन्, ‘बिहान सबेरैदेखि राति १० बजेसम्म निर्माण कार्यमा खटिएका छौँ, जीआइ पाइप जडान कार्य भइरहेको, पाइप जडानपछि क्रङ्क्रिट गरेपछि मात्रै पानी सुचारु गरिनेछ।’    -रासस

प्रकाशित: Jun 26, 2025| 18:01 बिहीबार, असार १२, २०८२
प्रतिक्रिया दिनुहोस्