आइतबार, पुस १३, २०८२

गभर्नर पौडेलसँग १४ करोडको सेयर, अरु कति छ सम्पत्ति ?

 |  बुधबार, असार ११, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असार ११, २०८२

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

National life

यसअनुसार उनको १४ करोडभन्दा बढी रकमको सेयर देखिएको छ। सानिमा बैंक, सानिमा हाइड्रोपावर, सानिमा मिडिल तमोर हाइड्रो, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर, चितवन इनर्जीलगायत कम्पनीमा उनको १४ करोड ५ लाख ६७ हजार रुपैयाँ सेयर रहेको सार्वजनिक गरेको सम्पत्ति विवरणमा देखिएको छ।

सेयरका साथै उनीसँग २० लाखभन्दा बढी नगद रहेको छ। पौडेलले श्रीमती प्रतिभा शर्मा र आफ्नो नाममा गरी २० लाखभन्दा बढी विभिन्न बैंकमा बचत रहेको उल्लेख गरेका छन्। यस्तै सानिमा बैंकको डलर खातामा साढे ५ हजार अमेरिकी डलर रहेको पनि उल्लेख गरेका छन्।

त्यसैगरी आफूसँग ४५ तोला सुन तथा नवलपरासी र ललितपुरमा घरजग्गा रहेको उनले उल्लेख गरेका छन्। ललितपुरको जग्गाको मूल्य १ करोड ५५ लाख रुपैयाँको रहेको छ भने नवलपरासीको जग्गाको मूल्य ६० लाख रुपैयाँ रहेको छ। त्यसैगरी श्रीमती शर्माको नाममा ४४ लाख रुपैयाँ पर्ने सुजुकी कार रहेको सम्पत्ति विवरणमा खुलाएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 25, 2025| 13:54 बुधबार, असार ११, २०८२
प्रतिक्रिया दिनुहोस्