शुक्रबार, असार ५, २०८३

बयान दिन अदालत पुगे माधव नेपाल, पक्षमा बहस गर्न वकिलको ताँती

 |  बुधबार, असार ११, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असार ११, २०८२

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित भएका छन्।

National life

भ्रष्टाचार मुद्दा दर्ता भएपछि उनी बयान दिन अदालतमा उपस्थित भएका हुन्।

अदालतमा उनको बयान सुरु भएको बताइएको छ। बयान सकिनासाथ सरकारी वकिल र माधव नेपालका कानुन व्यवसायीहरूले बहस गर्नेछन्।

नेपालको तर्फबाट बहस गर्न करिब एक सय कानुन व्यवसायीले वकालतनामा भरेका छन्। वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, शम्भु थापा, पूर्वकानुन मन्त्री समेत रहेका गोविन्द बन्दी, रमणकुमार श्रेष्ठ, सविता भण्डारी, टिकाराम भट्टराई, बाबुराम दाहाल, डा. चन्द्रकान्त ज्ञवालीले वकालतनामा भरेका छन्।

पतञ्जली जग्गा प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ।
 

Shivam cement

प्रकाशित: Jun 25, 2025| 13:48 बुधबार, असार ११, २०८२
प्रतिक्रिया दिनुहोस्