आइतबार, पुस १३, २०८२

भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

 |  बुधबार, असार ११, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असार ११, २०८२

National life
Laxmi sunrise bank
kumari

चितवन- चितवनमा श्रीमान्–श्रीमतीले भिरबाट हाम फालेका छन्। हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन्। 

भिरबाट हाम फाल्दा मङ्गलबार राप्ती नगरपालिका–४ की ४२ वर्षीया कुमारी प्रजाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार श्रीमान्सँग घरायासी विवाद हुँदा कुमारीले घर नजिकैको भिरबाट खहरे खोलामा हाम फालेकी थिइन्। लगत्तै उनका श्रीमान् लीलाबहादुरले पनि भिरबाट हाम फालेका थिए। 

कुमारीको घटनास्थलमै मृत्यु भएको र श्रीमान् लीलाबहादुर प्रजा गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक खनालले बताए। उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 25, 2025| 10:49 बुधबार, असार ११, २०८२
प्रतिक्रिया दिनुहोस्