आइतबार, पुस १३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा विशेष छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा विशेष छुट

 |  मंगलबार, असार १०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, असार १०, २०८२

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले अब आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

National life

बैंकका कार्ड प्रयोगकर्ता र मोबाइल बैंकिङ सेवा ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत कारोबार गर्ने ग्राहकका लागि छुट दिने समझदारी ग्लोबल आइएमई बैंक र आइएमई हस्पिटालिटी तथा इला कम्फर्ट एण्ड रिसोर्ट प्रा.लि.बीच सम्पन्न भएको हो। उक्त समझदारीमा बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेल र आइएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन्।

समझदारी अनुसार, ग्लोबल आइएमई बैंकका डेबिट र क्रेडिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले आइएमई हस्पिटालिटीद्वारा सञ्चालित होटल तथा रिसोर्टमा १५ प्रतिशत र मौलाकाली केबलकारको टिकटमा १० प्रतिशत छुट पाउने छन्।

आइएमई समूहको लगानीमा सञ्चालित होटल तथा रिसोर्टहरू काठमाडौँको ‘होटल ले हिमालय लाजिम्पाट’ र ‘साके एण्ड फेङ रेस्टुरेन्ट’, बागलुङको ‘इला कम्फर्ट’, गैंडाकोटको ‘इला होटल एण्ड रिसोर्ट मौलाकाली’, पोखराको ‘लेकसाइट रिट्रीट’ लगायत स्थानहरूमा छुट उपलब्ध हुनेछ। यी होटल तथा रिसोर्टहरू आन्तरिक र विदेशी पर्यटकबीच अत्याधुनिक सेवा र अनुभवको लागि लोकप्रिय छन्।

ग्राहक सुविधा बढाउन बैंकले समयानुकूल विभिन्न योजनाहरू ल्याउँदै आएको छ। हालै बैंकले ‘ग्लोबल फाइनान्स बेस्ट बैंक अवार्ड २०२४’ र ‘युरोमनी अवार्ड फर एक्सिलेन्स २०२४’ समेत प्राप्त गर्दै नेपालको उत्कृष्ट बैंकको रूपमा पहिचान बनाएको छ।

Laxmi sunrise bank
kumari

ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा सेवा विस्तार गर्न सफल निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकसँग ३५२ शाखा, ३८५ एटिएम, १५८ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन काउन्टर, राजस्व संकलन काउन्टर र ३ वटा विदेशी प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रहरू छन्।

बैंकले देशभित्र मात्रै नभई अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, जापान, कोरिया, साउदी अरब, यूएई लगायत विभिन्न मुलुकहरूबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: Jun 24, 2025| 14:39 मंगलबार, असार १०, २०८२
प्रतिक्रिया दिनुहोस्