बुधबार, भदौ ११, २०८२

इजरायल र इरान युद्धविराम गर्न सहमत: ट्रम्प

 |  मंगलबार, असार १०, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार १०, २०८२

vianetvianet

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान पूर्ण रूपमा युद्धविराम गर्न सहमत भएका दाबी गरेका छन् । उनले दुई देशबीचको युद्धविराम सहमतिले अन्ततः युद्धको अन्त्यतर्फ डोहोर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

Kumaribank

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा स्टाटस लेख्दै दुई देश युद्धविराम गर्न सहमत भएको भन्दै ‘सबैलाई बधाई’ पनि दिएका छन् ।

‘इजरायल र इरानबीच पूर्ण र सम्पूर्ण युद्धविरामको सहमति भइसकेको छ, जुन १२ घन्टासम्म कायम रहनेछ, त्यसपछि यो युद्ध अन्त्य भएको घोषणा गरिनेछ,’ उनले लेखेका छन् ।

ट्रम्पले करिब ६ घण्टापछि इजरायल र इरानले हाल जारी अन्तिम मिसनहरू सम्पन्न गरेसँगै युद्धविराम सुरू हुने स्पष्ट पारेका छन् । औपचारिक रूपमा युद्धविरामको सुरुआत इरानले गर्नेछ र १२ औं घण्टामा इजरायलले युद्धविराम सुरु गर्नेछ।

ट्रम्पले सबै कुरा योजना अनुसार अघि बढ्ने विश्वास व्यक्त गर्दै लेखेका छन्, ‘जुन निःसन्देह अघि बढ्नेछ । म दुवै देश इजरायल र इरानलाई यस्तो युद्ध अन्त्य गर्ने साहस, धैर्य र विवेकका लागि बधाई दिन चाहन्छु।’

Metro Mart

यो युद्ध वर्षौंसम्म तानिनसक्ने र पूरै मध्यपूर्वलाई विनाशतर्फ लैजान सक्ने भन्दै उनले लेखेका छन्, ‘तर त्यसो भएन, र अब कहिल्यै हुनेछैन।’
 

प्रकाशित: Jun 24, 2025| 05:17 मंगलबार, असार १०, २०८२
प्रतिक्रिया दिनुहोस्

थप समाचार

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

आजको दिन हिन्दु महिलाहरूले भगवान शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउने गर्छन्।
जसलाई तीजले छोएन

जसलाई तीजले छोएन

कतै नयाँ भेषभूषा र मीठा परिकारसहित तीजको रौनक छाउँछ भने कतै दुःख, उजाड र पीडाले भरिएका कथाहरु पनि छन्। गरिबीले पिल्सिएकाहरुलाई तीजले छोएको छैन्।