शुक्रबार, असार ५, २०८३

युद्धग्रस्त इरानमा छन् १६ नेपाली, ५ जना जेलमा

 |  सोमबार, असार ९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, असार ९, २०८२

काठमाडौं- परराष्ट्रमन्त्री आरजु राणाले इरानमा १६ जना नेपाली रहेको बताएकी छन्।

National life

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले ५ जना गैरकानुनी रूपमा गएकाले इरानको जेलमा रहेको सूचना आएको बताइन् ।

उनले भनिन्, ‘इरानमा १६ जना हुनुहुन्छ। हामीले भारतको परराष्ट्र मन्त्रालयलाई आग्रह गरेर उहाँहरूका नागरिकसँग ११ जनालाई ल्याउने वातावरण मिलाएका छौं। उहाँहरू मसाद भन्ने ठाउँमा हुनुहुन्छ। भोलिसम्म भारत आइपुग्नुहुन्छ।’

गैरकानुनी रूपमा गएर इरानको जेलमा रहेका ५ जनालाई पनि ल्याउन सकिन्छ कि भनेर आफूहरूले प्रयत्न गरिरहेको उनले बताइन्।

पछिल्ला दिनमा इजरायल र इरान युद्धमा होमिएपछि त्यहाँ रहेका नेपालीहरुको सुरक्षा चिन्ता बढेको छ।

Shivam cement

प्रकाशित: Jun 23, 2025| 14:12 सोमबार, असार ९, २०८२
प्रतिक्रिया दिनुहोस्