आइतबार, पुस १३, २०८२

'क्यारिन' उपन्यास लिएर आए युवा व्यवसायी धमला

 |  आइतबार, असार ८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, असार ८, २०८२

काठमाडौं- नेपाली उपन्यासको क्षेत्रमा एउटा अर्को कृति थपिएको छ 'क्यारिन'। युवा पर्यटन व्यवसायी ऋषिराम धमला क्यारिन उपन्यासका साथ लेखन क्षेत्रमा उदाएका हुन्। 

National life

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा धमलाको उपन्यास ‘क्यारिन’ लोकार्पण गरिएको छ। कार्यक्रममा प्राज्ञ तथा उपन्यासकार अमर न्यौपाने, समीक्षक राजकुमार बानियाँ, पत्रकार दीपक सापकोटा, अभिनेत्री तथा निर्माता केकी अधिकारी, कवि तथा आख्यानकार हेम प्रभास र लेखक स्वयंले पुस्तक लोकार्पण गरेका हुन् ।

पुस्तकमाथि चर्चा गर्दै न्यौपानेले चर्चित तथा सफल सर्जकको पहिलो सिर्जना नै अब्बल भएको दृष्टान्त प्रस्तुत गर्दै ऋषिको क्यारिन पनि राम्रो रहेको बताए । पुस्तकको भाषा तथा प्रस्तुति राम्रो लागेको भन्दै उपन्यासकार न्यौपानेले प्रेमील उपन्यासमा विदेशी परिवेशको सुन्दर चित्रण गरेको बताए। उपन्यासका पात्रहरु पनि चाखलाग्दा रहेको उनको भनाइ छ। साहित्यका नयाँ पाठकका लागि क्यारिन पठनको प्रस्थानबिन्दु हुन सक्ने उनको ठम्याइ छ। 

समीक्षक बानियाँले युवा पुस्ता केन्द्रित उपन्यासमा सकारात्मक सन्देश र तेस्रो पुस्ताको प्रयासबाट पारिवारिक मिलन भएको बताए। नयाँ लेखकको यो स्तरको उपन्यास लेख्नु सराहनीय रहेको उनको भनाइ थियो । 

पत्रकार सापकोटाले उपन्यास जेनजी पुस्ताको लागि लेखिएको जस्तो लागेको बताए। उपन्यास युवापुस्तालाई मात्र नभई सबै पाठकका लागि पठनयोग्य रहेको उनको बुझाइ छ। धमललाई उनले लेखन क्षेत्रमा लामो रेसको घोडाको रुपमा चित्रण गरे।

Laxmi sunrise bank
kumari

अभिनेत्री अधिकारीले उपन्यास एकै बसाइमा पढेर सकेको बताउँदै किताब पढ्दा फिल्म हेरेजस्तो रोमाञ्चित बनाएको अनुभव सुनाइन्। अबको आफ्नो युरोप भ्रमणमा उनले उपन्यासमा चित्रण गरेका ठाउँहरु पनि पुग्ने सोच पलाएको उनले बताइन्। क्यारिनमा नेपालका साथै युरोप र त्यसमा पनि बेल्जियमको परिवेश रहेको छ ।

लेखक धमलाले पुस्तक लेखन तथा प्रकाशनका क्रममा आफूलाई साथसहयोग र हौसला दिनेहरुप्रति आभार व्यक्त गर्दै पढेर सल्लाहसुझाव दिन अनुरोध गरे। वर्षौंदेखि डायरीमा थन्किएर बसेको आफ्नो सिर्जना पाठकसम्म पुगेकोमा उनले खुसी व्यक्त गरे। आगामी दिनमा आफ्नो सिर्जना कर्मलाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरे।

पेशाले पर्यटन व्यवसायी धमला सानैदेखि लेखन र कला कर्ममा रुचि राख्थे। उनले यसअघि फिल्म तथा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्।  

शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ५९५ रूपैयाँ रहेको छ।

प्रकाशित: Jun 22, 2025| 13:06 आइतबार, असार ८, २०८२
प्रतिक्रिया दिनुहोस्