बुधबार, भदौ ११, २०८२

संसद्‍मा बोल्न नपाएपछि के भने प्रधानमन्त्री ओलीले ?

 |  शुक्रबार, असार ६, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ६, २०८२

vianetvianet

काठमाडौं- प्रतिनिधि सभामा आज शुक्रबार प्रधानमन्त्री केपी ओलीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिएकोमा प्रतिपक्षीको अवरोधका कारण हुन सकेन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधका कारण उनी प्रश्नोत्तरमा सहभागी हुन पाएनन्। 

Kumaribank

सभामुख देवराज घिमिरेले प्रश्नोत्तरसम्बन्धी कार्यक्रम कार्यसूचीबाट हटाएपछि ओली संसद् भवनबाट बाहिर निस्किएका थिए। त्यसक्रममा  सञ्चारकर्मीले ‘आज संसद्मा तपाईंले नै बोल्न पाउनु भएन हैन ?’भन्दै प्रश्न गरेका थिए । जवाफमा ओलीले उल्टै प्रश्न गरे – ‘मज्जा लाग्यो ?’

आज संसद्मा प्रश्नोत्तर बाहेक ६ वटा मन्त्रालयको विनियोजनमाथि छलफलको कार्यसूची थियो । त्यसमध्ये युवा तथा खेलकुद एवं महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री उपस्थित नभएकोले सोसमेत कार्यसूचीबाट हटाइएकव छ। भौतिक पूर्वाधार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको कार्यक्रममाथि छलफल हुँदैछ।

रास्वपाका सांसदहरु आज निलो रिबन र कालो पोशाकमा संसद् बैठकमा उपस्थित भएका थिए। अरु दिन नाराबाजी गरेर विरोध गरेका उनीहरु आज भने बैठक बहिष्कार गरेर बाहिर निस्किए।

प्रकाशित: Jun 20, 2025| 13:29 शुक्रबार, असार ६, २०८२
प्रतिक्रिया दिनुहोस्

थप समाचार

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

आजको दिन हिन्दु महिलाहरूले भगवान शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउने गर्छन्।
जसलाई तीजले छोएन

जसलाई तीजले छोएन

कतै नयाँ भेषभूषा र मीठा परिकारसहित तीजको रौनक छाउँछ भने कतै दुःख, उजाड र पीडाले भरिएका कथाहरु पनि छन्। गरिबीले पिल्सिएकाहरुलाई तीजले छोएको छैन्।