शुक्रबार, असार ५, २०८३

पुछिघाटको झोलुंगे पुल अस्थायी रूपमा मर्मत

 |  शुक्रबार, असार ६, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ६, २०८२

मन्थली- रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका जोड्ने पुछिघाटको झोलुङ्गे पुल अस्थायी रूपमा मर्मत गरिएको छ। वर्षायाम सुरू भएसँगै पुल मर्मत हुँदा यहाँका स्थानीय खुसी भएका छन्।

National life

गत असोजमा परेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले यहाँको पुल पूर्ण रूपमा क्षति हुँदा सुनकोशी नदी वारपार गर्न स्थानीयले नौ महिनादेखि कठिनाइ भोग्दै आइरहेका थिए।

खाँडादेवी गाउँपालिकाको वडा नं ४ पुछिघाट र सिन्धुलीको सुनकोशी गाउँपालिकाको वडा नं ६ चैनपुर जोड्ने एक सय ८० मिटर लम्बाइको पुल रामेछापतर्फको ३० मिटर भाग भने बाढीले पूर्ण रूपमा क्षति पुर्याएको थियो।

विद्यार्थी, कर्मचारी र किसानलाई वर्षात्मा आवतजावत गर्न सहज होस् भनेर खाँडादेवी गाउँपालिकाको विपद् व्यवस्थापन कोषअन्तर्गको रु चार लाख ५० हजार लागतमा अस्थायी रूपमा पुल मर्मत गरिएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए।

यस गाउँपालिकाअन्तर्गतका कोथवे, बेलघारीलगायत अन्य स्थानका झोलुङ्गे पुल आंशिक रूपमा मात्र क्षति भएका कारण यसअघि नै स्थानीय स्रोतसाधन परिचालन गरी मर्मतपश्चात सञ्चालनमा ल्याइसकिएको प्राविधिक हरिशचन्द्र बरालले राससलाई बाताए।

Shivam cement

बीचबीचमा काठको फल्याक र किनारमा बाँसको बार बनाएर अस्थायी रूपमा भए पनि नदी वारपार गर्न सहज बनाइदिएपछि जोखिमपूर्ण रूपमा गर्नुपरेको डुङ्गा यात्राको समस्या समाधान भएको पुछिघाटकी स्थानीय शिक्षक दुर्गा महत बताउँछन्।

उक्त पुल मर्मत भएसँगै खाँडादेवी–४ बाट सुनकोशी गाउँपालिकाको दीर्घ प्रदिम माविमा अध्ययन गर्न जाने दुई दर्जनभन्दा बढी बालबलिका, खाल्टेमा खेती गर्न जाने अधिकांश किसान र खाल्टेबाट खाँडादेवी वारिपारि गर्ने कर्मचारीलाई निकै सहज भएको स्थानीय इन्द्रबहादुर श्रेष्ठले बताए।

यसअघि भएको पुलको क्षतिपश्चात जिल्ला प्रशासन कार्यालयले व्यवस्था गरिदिएको डुङ्गा (र्याफ्टिङ) भरपर्दो र विद्यार्थीको समयानुकूल नभएपछि विद्यार्थी र किसान यही पुलबाट जोखिम मोलेर भए पनि नदी वारपार गर्न बाध्य थिए। अस्थायी रूपमा मर्मत भएको उक्त झोलुङ्गे पुल लामो समयसम्म नटिक्ने हुनाले यसलाई स्थायी रूपमै बनाउन पहल गर्न स्थानीयले अनुरोध गरेका छन्।

प्रकाशित: Jun 20, 2025| 09:49 शुक्रबार, असार ६, २०८२
प्रतिक्रिया दिनुहोस्