आइतबार, पुस १३, २०८२

नवलपरासीको विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल

 |  शुक्रबार, असार ६, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ६, २०८२

नवलपरासी- पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका-१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ।

National life

काठमाडौँबाट नेपालगन्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बसलाई गए राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिए।

विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको बेला एक्कासी आएको बाढीले बस बगाएको उनले बताए। ‘नयाँ डाइभर्सनबाट आउँदै गर्दा बाढीले बस बगाएको हो’, प्रहरी निरीक्षक तिमिल्सेनाले भने, ‘तत्काल एक्साभेटर लगेर सबै यात्रुको सकुशल उद्धार गर्न सफल भयौँ।’

बसमा तीन शिशुसहित ३८ जना यात्रु रहेका थिए। उक्त क्षेत्रमा पानी निरन्तर परिरहेका कारण खोलाबाट बस निकाल्न नसकिएको उनले बताए। यात्रुको सामान के कति बगायो भन्नेबारे थाहा हुन सकेको छैन। रातभरी परेको पानीका कारण उक्त सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ।

दाउन्नेमा सडक हिलाम्य भएकाले सवारीसाधन गुड्न सकेका छैनन्। वैकल्पिक सडक प्रयोग गर्न प्रहरी निरीक्षक तिमिल्सेनाले यात्रुलाई आग्रह गरेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 20, 2025| 07:13 शुक्रबार, असार ६, २०८२
प्रतिक्रिया दिनुहोस्