बुधबार, चैत २५, २०८२

जुडोकी फुपु जापानबाट जानकारी विनै फर्किन् : एनओसी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं – ओलम्पिक छात्रबृतिमा जापानमा रहेकी नेपाली जुडो खेलाडी फुपुल्हामु खत्री विना जानकारी स्वदेश फर्केको नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले आरोप लगाएका छन्। अर्को वर्ष आयोजना हुने ओलम्पिकका लागि प्रशिक्षण अवसर पाएकी फुपु दुई साता अघि विना जानकारी स्वदेश फर्केको उनले बताए। 

एनओसीको पहलमा अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइसोसी) र जापान ओलम्पिक कमिटीको छात्रवृत्तिमा उनी आठ महिनाअघि जापान गएकी थिइन्।

भदौमा इन्डोनेसियाको जाकार्तामा आयोजना भएको १८ औं एसियाली खेलकुदमा पनि उनले जापानबाटै गएर भाग लिएकी थिइन्।

श्रेष्ठले अर्को खेलाडीको प्रक्रिया अघि बढाउँदा बढाउँदै फुपु फर्केपछि अर्को खेलाडी पठाउनेमा पनि दुविधा भएको बताए। ‘फुपु यसरी फर्केपछि अर्को खेलाडी मनिता श्रेष्ठलाई पठाउने विषयमा असर परेको छ,’ श्रेष्ठले थपे, ‘जापानबाट अहिले राम्रो रेस्पोन्स आएको छैन।’

जापान ओलम्पिकबाट पठाएको रिपोर्टका आधारमा फुपुमा प्रशिक्षणतर्फ खासै चासो नरहेको पाइएको श्रेष्ठले बताएका छन्। ‘पटक  उनले रिर्पोटको पुरा अध्ययन गरेर खेलाडीलाई कारवाही गर्ने विषयमा छलफल गरिने समेत बताएका छन्। फुपुले १२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी थिइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।