एजेन्सी- ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले ब्राइटनलाई २-१ गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा युनाईटेडको जितका लागि पउल पाग्बा र मार्कोस रासफोर्डले समान एक गोल गोल गरे ।
पहिलो हाफमा दुई गोल गरेको युनाईटेडले दोस्रो हाफमा थप गोल गर्न सकने । युनाईटेडसँग ब्राईटन पराजित हुन पुग्यो । तर, ब्राइटनले दोस्रो हाफमा एक गोल गर्दै खेलमा फर्किने प्रयास गरे पनि थप गोल गर्न नसक्दा पहिलो हाफको २७ औं मिनेटमा युनाईटेडले पोग्बाको गोल मार्फत सुरुवाती अग्रता लिएको थियो ।
उनले पेनाल्टी मार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । त्यस्तै पहिलो हाफको ४२ औं मिनेटमा रासफोर्डले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा २-० को अग्रता दिलाए ।
७२ औ मिनेटमा ब्राईटनका पास्कल ग्रोसले एक गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरेपनि त्यो सफल हुन सकेन । म्यान युनाईटेडले लिगमा लगातार ६ खेलमा जित निकाल्दा केयर टेकर प्रशिक्षक ओले गुनर सोल्सायरले नयाँ कीर्तिमान बनाए ।
उनी क्लब सम्हालेपछि लगातार ६ खेल जित्ने पहिलो प्रशिक्षक बनेका छन् । यसजितसँगै युनाईटेड४४ अंक जोड्दै लिगको पाँचौ स्थानमा उक्लिएको छ । पराजित ब्राइटन भने २६ अंक सहित १३ औ स्थानमा यथावत छ ।
त्यस्तै अन्य खेलमा आर्सनले चेल्सीलाई २-० ले पराजित गरेको छ । अर्को खेलमा न्युक्यास्टल कार्डिफ सिटीसँग ३-० ले पराजित हुँदा बर्नमाउथले वस्टह्यामलाई २-० ले पराजित गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४