सोमबार, फागुन १८, २०८२

वीरगन्जको नारायणी अस्पताल फार्मेसीमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल वीरगन्जमा छापा मारेको छ।
 |  सोमबार, साउन ३२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३२, २०७८

kumari

पर्सा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल वीरगन्जमा छापा मारेको छ। अस्पतालको औषधि पसलमा एक करोडभन्दा बढी हिनामिना भएको खबरका आधारमा हेटौंडास्थित अख्तियारको टोलीले सोमबार छापा मारेको हो।

फार्मेसीको स्टक, म्याद गुज्रेको औषधीको विवरण, खरिद तथा बिक्री सम्बन्धित कागजातहरु नियन्त्रणमा लिएर छानविन थालेको आयोगका सूचना अधिकारी विष्णु सापकोटाले बताए। विभिन्न व्यक्तिहरुबाट ‘फार्मेसीको अनियमितता विरुद्ध उजुरी परेपछि अख्तियारको टोलीले छापा मारेको हो। 

अस्पतालले गत आर्थिक वर्षमा करिब २१ करोड मूल्य बराबरको उपकरण खरिदको बोलपत्र आह्वान गरेको थियो। सोही खरिद प्रकरण र फार्मेसीमा औषधी खरिद र विक्रि लगायत सम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिई अनुसन्धान थालिएको अख्तियारको टोलिले जनाएको छ।

प्रकाशित: Aug 16, 2021| 15:25 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।