बिहीबार, साउन १४, २०८३

बार्सिलोना कोपा डेल रे’को अन्तिम आठमा प्रवेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- शीर्ष १६ को अन्तिम लेगमा लेभान्टेलाई पराजिaत गर्दै बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको शीर्ष आठमा प्रवेश गरेको छ । बिहिबार राति भएको खेलमा लेभान्टलाई ३-० ले पराजित गर्दै बार्सिलोना अन्तिम ८ मा प्रवेश गरेको हो ।

पहिलो खेलमा लेभान्टेसँग २-१ ले पराजित भएको बार्सिलोना समग्रमा ४-२ को नतिजा सहित अिघिल्लो चरण प्रवेश गरेको हो । बासिलोनालाई दोस्रो चरण्न प्रवेशका लागि जित्नै पर्ने दबाब थियो । 

दोस्रो चरणमा प्रवेशका लागि उसमान डेम्बेलेले २ तथा लियोनल मेस्सीले एक गोल गरे । खेलको पहिलो हाफमा डेम्बलेले घरेलु टोलीलाई २-० को अग्रता दिलाएका थिए । उनले खेलको ३० औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिालए । 

त्यसको एक मिनेट नबित्दै डेम्बलेले व्यक्तीगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । उनले मेस्सीको पासमा दोस्रो गोल रेका थिए । दोस्रो हाफमा थप एक गोल मेस्सीले गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे । उनले खेलको ५४ औ मिनेटमो गोल गर्दै टोलीलाई ३-० को जित दिलाए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।