धनगढी- सिएमजि संकटालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विभागिय टोलि नेपाल पुलिस क्लब तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
पेनाल्टी सुटआउटमा पुलिसले संकाटालाई ५-४ ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेलमा दुबै टोलिले गोल रहित बराबरि खेले पछि खेलको निर्णय पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
पेनाल्टी सुटआउटमा पुलिसका लागी अभिसेख रिजाल, अजित भण्डारी, हरि कठायत, तिर्थ राना र बिक्रम धिमालले गोल गरे । त्यस्तै संकटाका लागी अमित तामाङ, लक्ष्मण रुचाल, म्यक्सवेल एलोन र सरोज दाहालले गोल गर्दा सुभाष गुरुङ भने गोल गर्नबाट चुके ।
निकैनै प्रतिस्पर्धात्मक बनेको खेलको २७ औं मिनेटमा संकटाका फरवार्ड म्याक्सवेलले डि-बक्स भित्रबाट गरेको प्रहार पुलिसका गोलरक्षक सत्रुघन चौधरीले बचाउँदा संकटा अग्रता लिनबाट चुक्यो ।
४२ औं मिनेटमा तेज तामाङको कर्नरमा अभिसेख रिजालको हेडर प्रहार संकटाका गोलरक्षक राजबाबु थापाले बिफल पारे । ५४ औं मिनेटमा करिब २५ याडबाट पुलिसका तिर्थ रानाले गरेको प्रहार क्रसरबार माथीबाट बहिरियो ।
७९ औं मिनेटमा गोलरक्षक सत्रुघन अगाडी बढ्दै पन्च गरेको रिबाउन्ड बलमा सुभास गुरुङको प्रहारले दिशा लिन नसक्दा संकटा अग्रता लिनबाट चुक्यो । ८५ औं मिनेटमा निर कुमार राइको प्रहार राजबबुले बचाए । यस जितसँगै पुलिसले अब शनिबार थ्री स्टारसँग उपाधिका लागी भिड्ने छ ।
खेलको म्यान अफ द म्याच दोस्रो पुलिसका गोलरक्षका रोशन खडका घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे । उनले पेनाल्टी सुटआउटमा संकटाका सुभाष गुरुङको प्रहार रोकेका थिए ।
मोफसलकै सर्वाधिक धनराशी पुरस्कार भएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ प्रत्यक खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४