बिहीबार, साउन १४, २०८३

रोनाल्डोको निर्णायक गोलमा युभेन्ट्स च्याम्पियन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- एसी मिलानलाई पराजित गर्दै युभेन्ट्सले इटालियन सुपर कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनल खेलमा मिलानलाई १-० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले उपाधि जितेको हो । 

साउदी अरेबियामा भएको उपाधि भिडन्तमा युभेन्ट्सलाई जित दिलाउन खेलको एक मात्र निर्णायक गोल  क्रिस्टियानो रोनाल्डोले गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रोनाल्डोले निर्णायक गोल गरेका थिए । 

खेलको ६१ औं मिनेटमा रोनाल्डोले हेड गोल थिए । मिरालिम पाजनिकले उपलब्ध गराएको पासमा रोनाल्डोले ट्रेड मार्क हेड गोल गरेका हुन् । यस्तै खेलको ७४ औं मिनेटमा फ्रान्कले रातो कार्ड खाएपछि एसी मिलान १० खेलाडीमा समेटिएको थियो । 

यो उपाधिसँगै रोनाल्डोले युभेन्ट्सबाट पहिलो उपाधि जितेका छन् । यसै सिजनको सुरुवातमा रियल मड्रिडबाट आएका रोनाल्डोले पहिलो उपाधिमा निर्णायक गोल समेत गरे । सुपर कपको उपाधिसँगै युभेन्ट्सले सिजनको पहिलो उपाधि घर भित्र्याएको छ । यस्तै युभेन्ट्सले कीर्तिमानी आठौं पटक सुपर कप जितेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।