काठमाडौं- नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमान्डुले अनलाइन फुड फेस्टिभल २०१९ आयोजना गरेको छ ।
रुस्लान भोड्काको मुख्य प्रायोजन, दराज र समस्र्बीको सहआयोजनामा गरिएको फेस्टिभल उत्सव माघ १ देखि १० सम्म सञ्चालन हुनेछ । फेस्टिभलमा ३० विभिन्न रेस्टुरेन्टले आफ्ना विशेष परिकारमा छुटसहित बेच्नेछन् ।
यस उत्सव अवधिमा ग्राहकले आफ्नो मोबाइलमा फुडमान्डु एप्स डाउनलोड गरेर उत्सवको मजा लिन सक्नेछन् । यो उत्सव फुडमान्डूको मोबाइल एप्समा मात्र सञ्चालन गरिएको छ ।
फुडमान्डूको एप्समा गएर अर्डर गरेमा ५० प्रतिशतसम्मको छुट, रु. १ मा खाना पाइने अवसरका साथै डिजिटल पेमेन्ट गेटवे खल्तीबाट पेटेन्ट गर्दा थप २० प्रतिशत क्यास ब्याक पनि प्राप्त गर्न सकिनेछ ।
उत्सवमा विभिन्न गेमहरु खेलेर भौचर जित्न सकिनेछ । हरेक दिन १० जना ग्राहकले रु. २५०० भन्दामाथिको अर्डरमा १८० एमएलको भोड्का (रुस्लान) निःशुल्क प्राप्त गर्नेछन् ।
साथै उत्सव अवधिभर ग्राहकहरुसम्म निःशुल्क डेलिभरीको व्यवस्था गरिएको छ । अघिल्लो वर्ष भव्यताका साथ संचालनगरिएको अनलाईन फुड फेस्टिभलको यो दोस्रो संस्करण हो । पहिलो संस्करणको सफलताबाट उत्साहित भएर फेस्टिभल आयोजना गरिएको कम्पनीका मुख्य कार्यकारी मनोहर अधिकारीले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४