बुधबार, असोज ७, २०८३

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- थाइल्याण्ड ‘ए’ लाई ९ विकेटले पराजित गर्दै नेपाली राष्ट्रिय महिला टोली थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी-२० स्म्यास क्रिकेटमा समूह विजेता बन्दै प्रतियागिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

बुधबार भएको समूह चरणको अन्तिम खेलमा थाइल्याण्ड ‘ए’ले दिएको २० रनको साान्य लक्ष्य नेपालले ३.३ ओभर मात्र १ विकेट गुमाएर पुरा गरेर भेट्टायो । अन्तिम खेलाका नेपालको जितका लागि ममता कुमारी चौधरीले ८ रन जोडिन । यस्तै नेरी थापाले अविजित ५ तथा डोली भट्टले अविजित २ रन जोडिन । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्ड ‘ए’ ले १५.४ ओभर सबै विकेट गुमाउँदै मात्र १९ रन बनाएको थियो । थाइल्याण्डका लागि थान्चानोक फोप्लुकले ४, वार्ली सिनसोङले ३ रन बनाउँदा ७ रन अतिरिक्त पाएको थियो । 

थाइल्याण्डलाई सस्तैमा समेट्न आरती बिडारीले ३ विकेट लिईन् । यस्तै इन्दु बर्मा र सरिता मगरले २-२ विकेट लिए । जितसँगै समूह ‘ए’ मा रहेको नेपालले ४ खेलबाट ८ अंक जोड्दै समूहको विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । 

यस समूहबाट ६ अंक जोडेको युएई उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । अब नेपालले सेमिफाइनलमा शुक्रबार समूह ‘बी’ को उपविजेता इन्डोनेसियासँग खेल्नेछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।