शुक्रबार, वैशाख १२, २०८२

भारतले दियो सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप

 |  शुक्रबार, वैशाख १२, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०८२

vianetvianet

काठमाडौं- नेपाल सरकारलाई भारतबाट प्राप्त सिकलसेल एनिमिया र थालसेमियाको उपचारमा प्रयोग हुने खोप हस्तान्तरण भएको छ। मन्त्रालयमा शुक्रबार आयोजित एक समारोहबीच नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई खोप हस्तान्तरण गरेका हुन्।

triton college

भारत सरकारले पहिलो चरणमा १७ हजार ३० भाइल खोप प्रदान गरेको छ। इन्फ्लुएञ्जा, सालमोनेला, मेनिनगोकोकोस, हेमोफिलियस इन्फ्लुएञ्जा र स्टेपटोकोकस गरी ५ प्रकारका खोप प्रदान गरिएको हो। यी खोपले सिकलसेल एनिमिया र थालसेमिया सङ्क्रमणको जोखिमलाई घटाउन मद्दत गर्छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा कूल जनसंख्याको करिब १२ प्रतिशत मानिसमा यो समस्या भएको बताएका छन्। विशेषगरी थारु समुदायमा यो रोग देखिएकाले प्राप्त खोपबाट ती समुदाय लाभान्वित हुने मन्त्री पौडेलको भनाइ छ।

मन्त्रालयले टीकापुर र गेटा अस्पतालमा पनि सिकलसेलको उपचारका लागि तयारी गरेको छ। भारतले अन्य विभिन्न क्षेत्रमा सहयोग गरेको जस्तै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको स्वास्थ्य मन्त्री पौडेलको भनाइ छ। हाल प्राप्त यस सहयोगले लक्षित समुदाय लाभान्वित हुनेछन्। भारतीय राजदूत श्रीवास्तवले अर्को चरणमा करिब ४ हप्तामा थप औषधि आउने बताए। उनले भने ‘अप्ठ्यारो परेका बेला भारतले जहिल्यै सहयोग गर्दै आएको छ, स्वास्थ्यमन्त्री पौडेलको अनुरोधमा यो सहयोग गरेका हौँ।’

यी औषधि र खोपले थारु समुदायलाई सहयोग हुने अपेक्षा गरेको राजदूत श्रीवास्तवको भनाइ छ। भारतले केही समय पहिला दुई सय डायलाइसिस मेसिन सहयोग गरेको थियो। निकट भविष्यमा क्यान्सरको औषधि पनि सहयोग गर्ने तयारी रहेको उनले बताए। रासस 

National life insurance

प्रकाशित: Apr 25, 2025| 15:21 शुक्रबार, वैशाख १२, २०८२
प्रतिक्रिया दिनुहोस्