आइतबार, असोज १८, २०८३

रसुवा र म्याग्दीमा सडक अझै पूर्णरुपमा अवरुद्ध

 |  आइतबार, असोज १८, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०८३

काठमाडौं- बाढी र पहिरोका कारण बागमती र गण्डकी प्रदेशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार रसुवामा मुख्य राजमार्गहरू पूर्ण रूपमा बन्द छन् भने मनाङ, म्याग्दी र नवलपरासी पूर्वका विभिन्न सडकखण्ड पनि प्रभावित भएका छन्।

रसुवामा भदौ १० को भोटेकोशी बाढीपछि मुख्य राजमार्गहरू अझै पूर्ण रूपमा अवरुद्ध छन्। अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाका मुख्य राजमार्ग पूर्ण रूपमा बन्द रहेको उल्लेख गरिएको छ।

गण्डकी प्रदेशको मनाङमा बाढीका कारण बेँसीसहर हुँदै खाङसारसम्म जाने सडक प्रभावित भएको छ। यो सडकमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, म्याग्दीमा पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो गएपछि असोज १७ गते बिहानदेखि सडक पूर्ण रूपमा बन्द रहेको छ।

त्यसैगरी, नवलपरासी पूर्वमा पनि पहिरोका कारण कालिगण्डकी करिडोरका दुई स्थान प्रभावित भएका छन्। बुलिङटार गाउँपालिका–६ घुमाउरी घाटमा पहिरो गएपछि सडकमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ भने बौदीकाली गाउँपालिका–३ जन्ती पहिरो क्षेत्रमा पनि कालिगण्डकी करिडोर प्रभावित भएको छ। उक्त स्थानमा एकतर्फी सवारी सञ्चालन भए पनि ठूला सवारीसाधन चल्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 04, 2026| 08:19 आइतबार, असोज १८, २०८३
प्रतिक्रिया दिनुहोस्