बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लगानीकर्तालाई फाप्यो माघे सक्रान्ति, शेयर बजार दोहोरो अंकले बढ्यो

लगानीकर्तालाई फाप्यो माघे सक्रान्ति, शेयर बजार दोहोरो अंकले बढ्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- माघे सक्रान्तिको दिन शेयर बजार दोहोरो अंकले बढेको छ। नोपल स्टक एक्स्चेन्ज (नेप्से) बजार १७.५१ अंक बढेर एक हजार १९५.५४ विन्दुमा पुगेको छ। शेयर बजारमा आएका सबै समूहको परिसूचक बढ्दा समग्र शेयर कारोबार बढेको हो।

‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत ३.०६ अंक बढेर २५३.५५ विन्दुमा पुगेको छ। 

मंगलबार १५८ कम्पनीको चार हजार ६३५ कारोबारबाट आठ लाख ३५ हजार २३९ कित्ता शेयर खरिद बिक्री हुदा ३९ करोड ७३ लाख ५५ हजार ५४० रुपैयाँको कारोबार भएको छ।

नेप्से बजारमा आएका सबै ११ समूहको नेप्से परिसूचक बढेको छ। जसमा सबैभन्दा बढी निर्जिवन बीमा समूहको परिसूचक २३२.९२ अंक बढेर पाँच हजार ८५८.६१ बिन्दुमा पुगेको छ। बैंकिङ समूहको परिसूचक ५.०४, व्यापार समूहको २.८७, होटल समूहको ६.५, विकास बैंक समूहको परिसूचक १६.७५ अंक बढेको छ।

जलविद्युत समूहको ५२.७७, वित्त समूहको ०.८९, उत्पादनमुलक समूहको २.६५, अन्य समूहको ११.५५, माइक्रोफाइनान्स समूहको ५३.५४ र जीवन बीमा समूहको परिसूचक १९७.०९ अंक बढको छ।

शेयर कारोबारमा नागरिक लगानी कोष, गरिमा विकास लघुवित्त वित्तीय संस्था, माथिल्लो तामाकोशी जलविद्युत कम्पनी, अरुण कोवेली पावरको लागनीकर्ताले कमाएका छन् भने सिद्धार्थ इक्विटी फण्ड, गण्डकी विकास बैंक, हिमालयन डिस्टिलरी लगायतका लगानीकर्ताले गुमाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्