शुक्रबार, असार ५, २०८३

नेप्से परिसूचक र कारोबार रकम दुवै बढ्यो

 |  बिहीबार, वैशाख ४, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०८२
National life
Shivam cement

काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार बढेको छ। आज सेयर बजार मापक परिसूचक नेप्से २६.४९ अंकले बढेर २७२२.७३ को बिन्दुमा पुगेको छ। 

आज दिनभर १ सय ८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। 

आज कारोबार रकम पनि बढेको छ। हिजो सात अर्बको कारोबार भएकोमा आज १० अर्ब ७९ करोड ७३ लाखको कारोबार भएको छ। 

प्रकाशित: Apr 17, 2025| 15:20 बिहीबार, वैशाख ४, २०८२
प्रतिक्रिया दिनुहोस्