मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थमन्त्रीको सचिवालयको स्पष्टीकरण- विद्युत महसुलको भ्याट फिर्ताबारे छलफल भएको छैन

अर्थमन्त्रीको सचिवालयको स्पष्टीकरण- विद्युत महसुलको भ्याट फिर्ताबारे छलफल भएको छैन

 |  मंगलबार, असोज ६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०८३

काठमाडौं- विद्युत् महसुलमा दिइएको भ्याट फिर्ता गर्ने विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नाम जोडेर गरिएको प्रचारप्रसारप्रति उनको सचिवालयले आपत्ति जनाएको छ।

सचिवालयले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विषयमा कुनै भेटघाट तथा छलफल नगरेको स्पष्ट पारेको छ।

विद्युतको भ्याटसम्बन्धी विषयमा अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा राखेको धारणाअनुसार उपभोक्तालाई राहत दिने तथा विषयलाई थप सहजीकरण गर्ने सम्बन्धमा मातहतका निकायबाट छलफल र अध्ययन भइरहेको सचिवालयले जनाएको छ।

प्रकाशित: Sep 22, 2026| 11:13 मंगलबार, असोज ६, २०८३
प्रतिक्रिया दिनुहोस्